बलिराम शुक्ला, बिरुवागुठी, २२ माघ/
पर्सागढी नगरपालिकामा दुई सय बिघा बढीमा मकैखेती गरिएको छ । पर्सागढी नगरपालिका वडा नं ३ र ४ मा मुख्यतः मकैबाली गरिएको छ ।

वडा नं ३ को झबराहा, भुलिटार, बिरुवा, बडनिहार गरी करीब ६० बिघा र वडा नं ४ को बर्वाछटौली, हरदासपुरमा ७० बिघा जग्गामा मकैखेती गरिएको छ ।

पर्सागढी नपा कार्यालय कृषि शाखा सहायक प्रमुख खड्गबहादुर खत्रीले दुईवटा वडामा बढी मात्रामा मकैखेती हुने गरेको र बाँकी वडाहरूमा छिटपुट मकैखेती गरी दुई सय बिघा बढी मकैखेती भएको बताए ।

कृषि ज्ञान केन्द्र, पर्साका अनुसार गत आवमा जिल्लाभरिमा चार हजार १८९ हेक्टरमा मकैखेती गरिएको थियो भने १७ हजार १६६ मेट्रिकटन मकै उत्पादन भएको थियो । यो जिल्लामा हुने बालीमध्ये ४.१० प्रतिशत हो ।

गत वर्षको तुलनामा चालू आवमा मकैखेती बढी भएको र उत्पादन पनि बढ्ने अनुमान गरिएको छ । केन्द्रले यस वर्ष चार हजार २२० हेक्टर जमीनमा मकैखेती गरिएको र १७ हजार ३७८ मेट्रिक टन मकै उत्पादन हुने अनुमान गरेको छ । यस वर्ष कुल बालीमध्ये मकैखेती ४.१२ प्रतिशत हुने अनुमान केन्द्रको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here