प्रस, वीरगंज, २२ माघ/
उपकार सेवा नेपालले मङ्गलवार वीरगंज महानगरपालिका–१ छपकैयामा दुईजना अपाङ्गलाई ह्वीलचेयर सहयोग गरेको छ । सामाजिक अभियन्ता प्रकाश थारूले हालै सो स्थानमा जनमत पार्टी, पर्साले आयोजना गरेको निश्शुल्क आँखा शिविरमा स्थानीय रञ्जन दास र श्यामनाथ तुराहा शारीरिकरूपमा पूर्ण अपाङ्ग भएका र उनीहरूको आर्थिक अवस्था पनि कमजोर भएकोले उपकार सेवा नेपालमार्फत ह्वीलचेयर सहयोग गरेको बताए ।
ह्वीलचेयर भएपछि उनीहरूको दैनिकीमा केही सहजता आउने विश्वास गरिएको उनले बताए । उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले अपाङ्गता भएका दास र तुरहाको घरमा पुगेर ह्वीलचेयर प्रदान गरेकी थिइन् ।