प्रस, वीरगंज, २२ माघ/
जनमत पार्टी, पर्साका नेता बृजेश्वरप्रसाद चौधरीले जगरनाथपुर गाउँपालिकामा रहेको इस्मालिया दारुल कुरान मदर्सामा अध्ययनरत विद्यार्थीलाई सुइटर सहयोग गरेका छन् ।

मङ्गलवार चौधरीले गरीब, विपन्न २० जना बालबालिकालाई सुइटर प्रदान गरे । चीसोबाट विद्यार्थीलाई राहत पु-याउने उद्देश्यले सुइटर सहयोग गरेको चौधरीले बताए । कार्यक्रममा मदर्साका शिक्षक मौलवी मुफ्ती सगीर अहमदलाई चौधरीले २० जना विद्यार्थीका लागि सुइटर हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here