प्रस, वीरगंज, १८ माघ/
बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीमा माघ २३ गतेदेखि हुने शिवशक्ति कोटिहोम महायज्ञको सम्पूर्ण तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

महायज्ञ मूल समितिका अध्यक्ष शिवशङ्करप्रसाद यादवले माघ २३ गते मङ्गलवारदेखि शुरू हुने महायज्ञ एक महीनासम्म चल्ने बताए ।

उनले महायज्ञको सुरक्षाका लागि नौवटा सिसिटिभी र दुई सयजनाभन्दा बढी स्वयंसेवक परिचालन गरिने बताए ।

सहसचिव दीपेन्द्र प्रसादले मधेस प्रदेशमैं ठूलो महायज्ञ हुने भएकोले यसको अनुमानित लागत एक करोड ३० लाख रहेको बताए । मेला मनोरञ्जन समितिका अध्यक्ष सुमित यादवले मेलामा विभिन्न प्रकारका मनोरञ्जनका साधन तथा सानाठूला गरी एक हजार ११ वटा मूर्ति बनाइएको बताए । उनले मेलामा वृन्दावनबाट ल्याइएका रामलीला, रासलीला आदि कार्यक्रमको आयोजना हुने बताए ।

गापा अध्यक्ष जुल्फकार अलि भुट्टोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष डोमाई साह र राजाबाबू गुप्ता सोनार, कपिलदेव साह सोनार, कोषाध्यक्ष भोला साह सोनार एवं प्रचारप्रसार समितिका संयोजक राज सर्राफलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here