प्रस, परवानीपुर, १८ माघ/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापको अहम् भूमिका हुने बताएका छन् । उनले अतिरिक्त क्रियाकलापमा विद्यालय, शिक्ष्Fक, अभिभावक सबैले जोड दिनुपर्ने सुझाव दिए ।
नगरप्रमुख सिंहले आगामी शिक्ष्Fा पद्धति आधुनिक र वैज्ञानिक किसिमको हुने भएकोले सोही अनुरूपको शिक्ष्Fा विद्यार्थीलाई प्रदान गर्नुपर्ने स्पष्ट पारे ।
साउथजोन मावि, वीरगंजले १६औं वार्षिकोत्सवको अवसरमा जुनियर समूहका विद्यार्थीहरूको लागि पुरस्कार वितरण समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको थियो ।
प्रधानाध्यापक सरोजकुमार चौधरीको अध्यक्षता एवं सहायक प्रअ अशोक सङ्ग्रौलाको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेश नीति आयोगका सदस्य डा हरिशङ्कर साह, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, निजी विद्यालयका शिक्ष्Fक अगुवा इमामुद्दीन अहमद, प्याब्सन पर्साका नवनिर्वाचित पदाधिकारी एवं सञ्चारकर्मीहरूको सहभागिता थियो ।