प्रस, वीरगंज, १८ माघ/
जनमत पार्टी, पर्साले शुक्रवार वीरगंज महानगरपालिका–२६ अठराहामा निश्शुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ ।

शिविरमा ८८ जनाको आँखा परीक्षण गर्दा ३४ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

मोतीबिन्दु फेला परेकाहरूको निश्शुल्क शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा गरिने स्वास्थ्य संयोजन महेश सिंह धामीले बताए ।

जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत अठराहामा १२औं चरणको आँखा शिविर आयोजना गरिएको अध्यक्ष सर्राफले बताए । हालसम्म एक हजार ३४० जनाको आँखा परीक्षण गरिएकामा ३५० भन्दा बढीमा मोतीबिन्दु फेला परेको र उनीहरूको निश्शुल्क शल्यक्रिया गरिएको अध्यक्ष सर्राफले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here