प्रस, वीरगंज, १८ माघ/
पर्सा जिल्ला अदालतले चरेस मुद्दामा कैद र जरिवाना तोकेपछि फरार भएका एकजना व्यक्तिलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।
वीरगंज महागरपालिका–१६ नगवा बस्ने ४१ वर्षीय चन्दनकुमार रौनियारलाई बिहीवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
२०६१/३/१३ गते पर्सा जिल्ला अदालतले लागूऔषध चरेस मुद्दामा दुई वर्ष सात महीना कैद र रु १०,००० जरिवाना गरेपछि रौनियार फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले बिहीवार दिउँसो १ बजे नगवाबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास भट्टले बताएका छन् ।