प्रस, वीरगंज, १८ माघ/
बिपिएस कलेजमा बुधवारदेखि शुरू भएको खेलकूद सप्ताह अन्तर्गत शुक्रवार तेस्रो दिन कबड्डी र खो खो खेल सम्पन्न भए ।
पहिलो दिन बुधवार ब्याटमिन्टन र फूटबल, दोस्रो दिन लुडो, चेस, स्किपिङ, टग अफ वार खेल भएका थिए भने आज तेस्रो दिन कबड्डी र खो खो खेल सम्पन्न भएका हुन् ।
खेलकूद सप्ताहमा बैडमिन्टन, फूटबल, चेस, लुडो, स्किपिङ, डोरियन, कबड्डी, खो खो, स्लो साइकल, रेस, स्पुन मार्बल, म्युजिकल चेयर जस्ता विभिन्न प्रतियोगिता सञ्चालन हुने निर्देशक सन्दीप कुशवाहाले जानकारी गराए ।
कलेजका शैक्षिक निर्देशक दीपक पटेलले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न खेलकूद प्रतियोगिता महŒवपूर्ण हुने बताउँदै अतिरिक्त क्रियाकलापले उनीहरूलाई आत्मबल प्रदान गर्ने बताए ।