प्रस, जनकपुरधाम, १८ माघ/
राष्ट्रिय एकता अभियान, जनकपुरधामका सहसंयोजक पङ्कज झा नेतृत्वको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारीलगायत निजी तथा सामुदायिक विद्यालय सञ्चालक संस्थाहरूलाई ज्ञापनपत्र बुझाउँदै सरस्वतीपूजालाई सभ्य र अनुशासितरूपमा आयोजना गर्न अनुरोध गरेको छ ।

ज्ञापनपत्रमा सबै शैक्षिक संस्थाका विद्यार्थीलाई विद्यालयको पोशाकमा उपस्थित गराउन, सांस्कृतिक तथा धार्मिक शुद्धता कायम राख्न, डिजे बाजा तथा अश्लील गीतहरू नबजाउन तथा ध्वनि प्रदूषण नगर्न अनुरोध गरिएको छ । अभियानका सहसंयोजक झाले विगतका वर्षहरूमा सरस्वतीपूजाको अवसरमा बढ्दो ध्वनि प्रदूषण, अनुशासनहीन गतिविधि तथा सांस्कृतिक विकृति देखिएको भन्दै यस वर्ष यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए । ज्ञापनपत्र बुझाउने टोलीमा मनीष पूर्वे, बृषेश कुमारलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here