“एक”ले आफूलाई सबभन्दा राम्रो भएको उद्घोष ग¥यो । केही मानिसहरू त्यता लागे । पछि “दुई” पनि सोही विचार लिएर देखा प¥यो । केहीका आँखाहरू त्यतातिर पनि अलमलिए । यसको लगत्तै “तीन” देखा प¥यो । अघिका दुई विचारभन्दा आफू हरतरहले उपयुक्त, यथार्थ र वस्तुवादी भएको दाबी उसले पनि ग¥यो ।
एक र दुईमा नगई तटस्थ बस्नेहरूले “तीन”तिर सहमतिको शिर हल्लाए । यसरी गाउँका मानिसहरू आफ्नो स्वतन्त्र अस्मिता मेटाइ विभाजित बने । आदिकालदेखिको स्वतन्त्र मानव अस्तित्वलाई बिर्सिए । छहारी लाग्ने र ओत बस्ने निहुँमा एकातिरको हाँगा समाउँदा आफ्नो अस्मिता र अस्तित्व क्रमशः भुल्दै गए । तर आफूलाई सुरक्षित ठान्न भुलेनन् ।
केही पछि समूहमा आबद्ध हुनेहरूले आफूहरूलाई छामे । तिनीहरूको स्वतन्त्र अस्तित्व लोप भइसकेकाले एकअर्कालाई राम्ररी ठम्याउन सकेनन् । एकको आँखामा अर्काे पराइ बन्यो । एक, दुई, तीन एकअर्काका कट्टर शत्रु थिए । तसर्थ विगतमा उनीहरूमाझको सौहाद्र्रता पनि अतीतको कथा भइसकेको थियो ।
समयको लामो कालखण्डपछि पनि उनीहरूले आआफ्नो अनुहार छाम्दा उस्तैउस्तै भेट्टाए । अनि मुटुका धड्कन छामे । सबैतिर एउटै सङ्कल्प, विचार, विश्वास र आस्था थियो । उनीहरूको आवाज फरक भएपनि चाहना उस्तै थिए, आस्था र विश्वास उही थिए ।
यसर्थ उनीहरू सबै यतिखेर स्वअस्तित्व पहिल्याउने प्रयासमा लागेका छन् तर बन्धनलाई चुँडालेर निस्कन सकिरहेका छैनन् ।