प्रस, वीरगंज, १७ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साका नवनियुक्त प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध गर्नेलाई कुनै पनि हालतमा सजायको भागीदार बनाउने र उनीहरूलाई उन्मुक्ति नदिने बताएका छन् ।

जिप्रका, पर्सामा बिहीवार आयोजित पत्रकारहरूसँगको छलफलमा उनले १८ वर्षपछि पर्सा जिल्लाको प्रमुखको रूपमा आपूm आएको र यहाँको अवस्थाबारे पहिलेदेखि जानकार रहेकोले काम गर्न सहज हुने बताए । उनले भूगोल उही छ तर यहाँको कार्यशैलीमा केही परिवर्तन आएको र परिवर्तित अवस्था अनुसार आफूले काम गर्ने बताए ।

वडा प्रहरी कार्यालय, श्रीपुरमा प्रहरी निरीक्षक भएर काम गर्दा १८ वर्ष अघि मधेस आन्दोलनको क्रममा विभिन्नखाले गतिविधिहरू भएको, बैरियरमा रहेर काम गर्नुपर्ने अवस्था रहेको, त्यतिखेर खुला सीमाको कारण तस्करी, गाँजाखेती र सामाजिक तथा आर्थिक अपराध हुने गरेकामा अहिले केही परिवर्तित भएर साइबर अपराधले प्रश्रय पाएको बताए । उनले साइबर अपराधसँगै चेक अनादरका घटना र खुला सीमाबाट हुने तस्करी, हुन्डी कारोबारमा प्रहरीको कडा निगरानी हुने बताए । उनले सीमा अपराधमा सीमामा खटेका सशस्त्र प्रहरीहरूले पहिलो दायित्व निर्वाह गरिरहेको र त्यसपछि दोस्रो दायित्व निर्वाह गरिरहेका आफूहरू पछि नपर्ने बताए ।

पर्सा जिल्लाका ग्रामीण क्ष्Fेत्रहरूमा हुने गरेका बालविवाह, दाइजोप्रथा, आत्महत्या जस्ता कार्यहरू नियन्त्रणका लागि प्रहरीले सामुदायिक सेवा केन्द्रहरूसँग सहकार्य गरी सचेतना कार्यक्रम गरेर न्यूनीकरणको प्रयास गर्ने बताए । उनले जिल्लामा हुने सामाजिक तथा आर्थिक अपराध न्यूनीकरणका लागि आप्mनो कार्यकालमा इमानदारीपूर्वक पहल हुने र कुनै पनि खाले अपराधमा संलग्न व्यक्तिहरूलाई विभेद नगरेर कानूनी कारबाईको दायरामा ल्याउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here