प्रस, वीरगंज, १७ माघ/
वडा प्रहरी कार्यालय बिर्ताले स्रोत नखुलेको छ लाख नगदसहित एकजना भारतीयलाई मङ्गलवार पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत, बिहारको रक्सौल–१४ बस्ने वर्ष २७ को ओमकुमार रौनियारलाई चेकजाँच गर्दा उनले चामलको बोराभित्र लुकाइछिपाइ राखेको छ लाख नगद फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पक्राउ परेका रौनियारलाई हुन्डीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाएका छन् ।