बलिराम शुक्ला, बिरुवागुठी, १७ माघ/
पर्सागढी नगरपालिका–१ मा जारी दोस्रो कोइलाभारमाई नकआउट फूटबल प्रतियोगिताको बिहीवार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा बाराको सिमरा युनाइटेड क्लबलाई पराजित गर्दै पर्साको वनशक्तिमाई युवा क्लब सिद्धपुर फाइनलमा प्रवेश गरेको छ ।

वनशक्तिमाई युवा क्लब सडनडेथमा विजयी भएर फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टीमले दुई/दुई गोलको बराबरी खेलेका थिए । त्यसपछि टाइब्रेकरमा पनि दुवै टीमले बराबरी गोल गरेका थिए । त्यसपछि सडनडेथमा वनशक्तिले एक गोल ग¥यो भने सिमरा गोल गर्नबाट चुक्यो ।

आजको खेलको ‘म्यान अफ द म्याच’ वनशक्तिमाईका सन्दीप चौधरी घोषित भए । आगामी शनिवार वनशक्तिमाई र बाराको मौवादेवी युवा क्लब, बडर्वाबीच फाइनल खेल हुने आयोजक क्लबका अध्यक्ष मोहन चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here