नितेश कर्ण, वीरगंज, १५ माघ/
चालू आर्थिक वर्षको छ महीनामा छ हजार १२० जनाले नयाँ नेपाली नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ ।

सोही अवधिमा नागरिकताको प्रतिलिपि पाँच हजार ९८६ जनाले प्राप्त गरेका छन् । त्यस्तै, १२ जनाले नेपाली नागरिकता परित्याग गरेको जिप्रका, पर्साले जनाएको छ ।

जिप्रका, पर्साबाट छ महीनाको अवधिमा तीन हजार ७७१ जनाले राहदानी, १०७ जनाले दलित प्रमाणित, १५६ जनाले जनजाति प्रमाणित, १९१ जनाले नाम र थर फरक भएको परेको प्रमाणित, १३ जनाले जन्ममिति फरक परेको प्रमाणित, एक हजार १७७ जनाले मधेसी प्रमाणित, १५१ जनाले मुस्लिम प्रमाणित गराएका छन् भने १२१ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको जिप्रका, पर्साले जनाएको छ । यस अवधिमा एउटा पत्रिका दर्ता भएको र ७९ जनाले हातहतियार नवीकरण गराएका छन् । त्यस्तै जिप्रका, पर्सामा २३४ वटा मुद्दा परेकामा २२४ वटाको फछ्र्योट भएको र ठाडो उजूरी एक हजार ४१ वटा परेको जिप्रका, पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here