प्रस, वीरगंज, १५ माघ/
प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा मङ्गलवार वीरगंजको घण्टाघरमा प्रभातफेरी निकाली नगरपरिक्रमा गरिएको छ ।

प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा निस्किएको प्रभातफेरी नगरपरिक्रमापछि घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारको हकहित र पेशागत संरक्षणको हातेमालो गरेर अगाडि बढ्न अनुरोध गरे । उनले नागरिकका समस्यालाई उजागर गर्न र सुसूचित गराउने भूमिकालाई पूरा गर्न एकढिक्का हुनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सचिव दीपक गौतम, पत्रकार महासङ्घ पर्साका सचिव विजय चौहानलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए ।

यसैगरी, प्रेस सेन्टरले आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र, वीरगंजमा भएको आकस्मिक रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति वीरेन्द्रराज कँडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here