प्रस, वीरगंज, १५ माघ/
फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशिप–२०२५ मा वीरगंज पब्लिक स्कूलका दुर्ईजना विद्यार्थीले स्वर्णपदक जितेपछि मङ्गलवार विद्यालयले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
बिपिएसमा कक्षा ११ मा अध्यनरत सुजितकुमार यादव र रोहण पटेलले फस्ट इन्डो–नेपाल तेक्वान्दो ओपन च्याम्पियनशिप–२०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णपदक जितेका थिए । आज विद्यार्थीहरूलाई कलेजले खाँदा, टीका र पुरस्कारसहित सम्मान गरेको थियो ।
कोशी प्रदेशको तेक्वान्दो सङ्घले झापाको काँकडभिट्टा टाउनहलमा आयोजना गरेको प्रतियोगितामा ५५ किलो तौल समूहमा यादव र ७४ किलो तौल समूहमा पटेल प्रथम हुँदै स्वर्ण पदक जितेको कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले बताए । उनले नेपाल र भारतका २२ क्लबबाट ६०० भन्दा बढी खेलाडीको सहभागिता रहेको प्रतियोगितामा वीरगंजले पाँ स्वर्ण, चार रजत र ११ कांस्य पदक जितेको उनले बताए ।