प्रस, निजगढ, १४ माघ/
पाठेघरको मुखको क्यान्सरविरुद्ध यस वर्षको आइपिभी खोप अभियानलाई प्रभावकारी बनाउन सोमवार अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा निजगढ नपाका प्रमुख सुरथ पुरीले यस अभियानलाई प्रभावकारी बनाउन निजगढ नगर स्वास्थ्य शाखा र स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्दै यस अभियानमा विद्यालयहरूमा अध्ययनरत तथा विद्यालयबाहिर रहेका लक्षित उमेर समूहका छात्राहरू छुट्न नहुनेतर्फ ध्यान दिनुपर्ने बताए ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको आइपिभी खोपलाई प्रभावकारी बनाउन सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउँदै यस खोपलाई बेलैमा लगाउँदा पाठेघरको मुखको क्यान्सरबाट बचाउ हुने तर यसलाई बेवास्ता गर्दा रोग फैलिएर अकालमा ज्यान जान सक्ने निजगढ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक दीपेन्द्र यादवले जानकारी दिए ।
निजगढ नगर क्षेत्रभरिका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई सम्बन्धित विद्यालय र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि अभियान सञ्चालनकै समयमा नजीकैको स्वास्थ्य संस्थामा आइपिभी खोप दिइने निजगढ नगर स्वास्थ्य शाखा प्रमुुख रमेश लामाले जानकारी दिए ।
निजगढ नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता थियो । कार्यक्रमको सञ्चालन मणिश्वर घिमिरेले गरेका थिए ।