प्रस, निजगढ, १४ माघ/
चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालको बाग्मती प्रदेशस्तरीय सात सदस्यीय समिति गठन भएको छ । सो समितिका संयोजकमा नीरा तिमल्सिना, सदस्यहरू कविता गुरुङ, लक्ष्मी बस्नेत, सानु शर्मा, सुधा तिमल्सिना, सञ्जीव श्रेष्ठ, मधुरा दाहाल रहेका छन् । चुरे तथा वनजङ्गल संरक्षण अभियान, नेपालका केन्द्रीय अध्यक्ष सुनील यादवको प्रमुख आतिथ्यमा आइतवार काठमाडौंमा भेला भई सो समिति गठन भएको जनाएको छ ।

चुरे, खोला नालामा भई रहेको जथाभावी नदीजन्य पदार्थको उत्खनन, दोहनका साथै वनजङ्गल क्षेत्र जथाभावी कटान, अतिक्रमण, चोरी, तस्करीका कारण तराई–मधेसमा पानीको हाहाकार हुने गरेको, श्रीसिया नदीमा उद्योगहरूबाट निस्किएका रसायनयुक्त हानिकारक पदार्थ नदीमा मिसाइएका कारण प्राकृतिक वातावरण, मानवलगायत अन्य प्राणी, जीवजन्तुहरूलाई असर परिरहेको जनाउँदै राष्ट्रियस्तरका विरोध कार्यक्रमहरू विगत करीब सात वर्षदेखि निरन्तर चलाउँदै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here