प्रस, वीरगंज, १४ माघ/
२८६१औं ल्होसार पर्वको अवसरमा नेपाल तामाङ धेदुङ वडा कार्यसमिति, सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबको संयुक्त आयोजनामा सोमवारदेखि बाराको जीतपुरसिमरा उपमहानगर–१७ रामनगरमा प्रथम रामनगर सोनाम ल्होसार महोत्सव शुरू भएको छ ।

महोत्सवको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले उद्घाटन गर्दै धर्म, संस्कृति र परम्पराले देशकै पहिचान र गौरव बढाउने बताए ।

कार्यक्रममा वडाध्यक्ष भीमबहादुर लामा, पूर्ववडाध्यक्ष नवराजबहादुर खड्का, समाजसेवी श्रीकाजी मोक्तान, नेपाल तामाङ घेदुङ सङ्घ बाराका अध्यक्ष सूर्य घलान, कोल्हवी नगरपालिका का वडाध्यक्ष अनुप सुवेदी, पूर्ववडाध्यक्ष सार्थक पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न कला, नृत्य र तामाङ् जातिको सांस्कृतिक र परम्परा झल्किेन झाँकीहरू प्रदर्शन गरेका थिए ।

महोत्सवमा व्यापारिक स्टलहरू मनोरञ्जनका लागि विभिन्न खेलतमाशा, बाल उद्यानहरू राखिएको संयोजक साजन दोङले बताए । महोत्सव एक साता माघ २० गतेसम्म सञ्चालन हुनेछ । ल्होसार माघ १७ गते परेको छ र सरकारले सो दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here