प्रस, वीरगंज, १४ माघ/
नवजनजागृति युवा क्लब सिमरा, मधेस प्रदेश च्याम्पियन बनेको छ । योसँगै एन्फा प्रेसिडेन्ट लिगका लागि पनि छनोट भएको छ ।
महोत्तरीको जलेश्वर रङ्गशालामा आइतवार सम्पन्न मधेस प्रदेश लिगको फाइनलमा प्रोग्रेसिभ युवा क्लब सप्तरीलाई शून्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै नवजनजागृति युवा क्लब सिमरा मधेस प्रदेश लिग च्याम्पियन भएको हो ।
क्लबका विक्रम थोकर र अञ्जन बछारले एक/एक गोल गरेका थिए । प्रतियोगिताको विजेता बन्दै सो क्लबले ५० हजार र उपविजेता सप्तरीले २५ हजार नगदसहित शिल्ड, प्रमाणपत्र, मेडल पाएको छ । मधेस प्रदेश लिग विजेता बनेसँगै नवजनजागृति युवा क्लबले आगामी चैतमा हुने एन्फा प्रेसिडेन्ट लिगमा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने भएको छ ।