प्रस, परवानीपुर, १४ माघ/
सशस्त्र प्रहरीले सोमवार वीरगंज–१० आदर्शनगरबाट ५१ लाख बराबरको भन्सार छलीका कपडा, हार्डवेयरका सामान नियन्त्रणमा लिएको छ ।
सूचनाको आधारमा वीरगंज भन्सार कार्यालयसँगको सहकार्यमा प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजको टोलीले आदर्शनगरस्थित गोदाममा छापा मारेको र त्यहाँ रहका कपडा, हार्डवेयरका सामानहरू भन्सार छली राखिएको पुष्टि भएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले बताए । उनले बरामद कपडा र हार्डवेयर सामानको मूल्य ५० लाख ९३ हजार रहेको र सामानलाई आवश्यक कारबाईको लागि वीरगंज भन्सार चलान गरिएको बताए ।