प्रस, वीरगंज, १३ माघ/
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले आइतवार भारतको ७६औं गणतन्त्र दिवस मनाएको छ । स्वतन्त्रता सङ्ग्रामको भावना र संविधानमा निहित मूल्यहरूको सम्झना गर्दै महावाणिज्य दूतावासले ७६औं गणतन्त्र दिवस मनाएको हो ।

महावाणिज्यदूत देवी सहाय मीणाले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपतिको सन्देश वाचन गरेका थिए । गणतन्त्र दिवसमा पर्साका प्रजिअ गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, स्थानीय व्यापारी, उद्योगपति, नागरिक समाज, महावाणिज्य दूतावासका अधिकारी तथा तिनका पारिवारिक सदस्यहरू, विद्यार्थी, शिक्षकलगायत वीरगंजमा बस्ने भारतीयहरूको सहभागिता थियो ।

कार्यक्रममा वीरगंजका ११ वटा विद्यालय तथा कलेजका विद्यार्थीहरूले भारतीय देशभक्ति गीत र नृत्य प्रदर्शन गर्दै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा गत ११ नोभेम्बरदेखि ११ डिसेम्बर २०२४ सम्म भारतको परराष्ट्र मन्त्रालयद्वारा आयोजित पाँचौं संस्करणको भारतलाई चिन्नुहोस् प्रश्नोत्तरका उत्कृष्ट प्रतिभाहरूलाई महावाणिज्यदूत मीणाले सम्मानित गरेका थिए भने सो कार्यमा प्रचार गर्न सहयोग गर्ने तीनजना व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको थियो । यसैगरी, गणतन्त्र दिवस २०२५ को पूर्वसन्ध्यामा महावाणिज्य दूतावास र वीरगंजका आठवटा विद्यालयको सहकार्यमा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरूलाई पनि महावाणिज्यदूत मीणाले पुरस्कृत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here