प्रस, वीरगंज, १३ माघ/
नेपाल–भारत खुला सीमा संवाद समूहले सीमा क्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा आइतवार अवलोकन गरेको छ ।
पत्रकार चन्द्रकिशोर झाको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा राजीव झा, प्रवक्ता प्रमोद रङ्गीले, बाल अभियानी आदित्य झालगायत सहभागी टोलीले कोशी प्रदेशको विदेह नगरपालिका–२, दुहबीस्थित ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वासगढलगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँहरूको निरीक्षण गरेको थियो ।
संवाद समूहका अध्यक्ष डा झाले निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धमा गहिरो भाइचाराका झलकहरू देख्न पाइएको बताए । उनले दुवै देशका युवाहरू दशगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै गरेको मनोरम दृश्य देखिएको बताए ।
केही घाम ताप्दै त कोही जलावन सुकाउँदै गरेका दैनिक गतिविधिहरू पनि देख्न पाइएको उनले बताए । उनले यस्ता दृश्यले नेपाल–भारत खुला सीमाको विशेष सम्बन्धलाई प्रस्ट पारेको भन्दै अन्य देशहरूको सीमामा बन्दुकसहितको कडा सुरक्षा हुने गरेको बताए ।
नेपाल र भारतको विशेषता भनेकै सीमा क्षेत्रमा रहेका जनताबीचको साझा सम्बन्ध र दुवै देशका किसानका खेत खलियानहरू दुवै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका पाइएको बताए । उनले यी सम्बन्ध सिमाना निर्धारण हुनुभन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको बताए । निरीक्षण भ्रमणले खुला सीमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महŒवहरू उजागर गर्दै नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मदत पु¥याएको उनले बताए ।