प्रस, वीरगंज, १३ माघ/
जनता समाजवादी पार्टीका महासचिव महमद इस्ताक राइनले वीरगंजमा भएको दुई दिने केन्द्रीय कमिटीको बैठकले राजनीतिक, सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा छलफल गरी पार्र्टीको भावी रणनीति तयार गरी मधेसका मुद्दा सम्बन्धमा विशेष ध्यान दिएर अगाडि बढ्ने निर्णय गरेको बताएका छन् ।

शनिवार र आइतवार गरी दुई दिने वीरगंज बैठकमा आगामी चैत महीनामा हुने सङ्घीय परिषद् अधिवेशन अघि पार्टी संरचना बनाउने, साना दलहरूसँग पार्टी एकता, गठबन्धन र संविधान संशोधनका विषयमा सदस्यहरूले गहन छलफल गरेको महासचिव राइनले बताए ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष अशोककुमार राई, सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, रणध्वज कन्दन्वा लिम्बु, सहमहासचिव प्रदीप यादव, सचिव वीरेन्द्र महतो, कोषाध्यक्ष रञ्जु झालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here