प्रस, वीरगंज, १३ माघ/
जनमत पार्टी पर्साले सञ्चालन गर्दै आएको लोककल्याणकारी अभियान अन्तर्गत आइतवार वीरगंज महानगर–१९ विन्ध्यवासिनीमा निश्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

आज भएको नवौं निश्शुल्क आँखा शिविरमा १५२ जनाको आँखा चेकजाँच भएकामा ४३ जनामा मोतीबिन्दु फेला परेको पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । उनले मोतीबिन्दु भएका मानिसको वीरगंज सामुदायिक आँखा केन्द्रमा निश्शुल्क शल्यक्रिया गरिने जानकारी गराए । उनले अहिलेसम्म एक हजारभन्दा बढीको आँखा चेकजाँच भएकामा २५० जनाभन्दा बढीको मोतीबिन्दुको निश्शुल्क शल्यक्रिया भइसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here