नितेश कर्ण, वीरगंज, १३ माघ/
सरकारले झूटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी केन्द्र सर्लाहीले आइतवार मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेको छ । सर्लाहीको बाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापालाई वन मुद्दामा फसाउन खोजेको भन्दै माओवादी केन्द्रले आइतवार प्रदर्शन गरेको थियो ।

सर्लाहीको हरिवनबाट शुरू भएको मोटरसाइकल ¥याली लालबन्दीमा पुगेर जिल्ला वन कार्यालय घेराउलाई गरेको थियो ।

बाग्मती नपाका प्रमुख थापा र उपप्रमुख लीला मोक्तानलाई सरकारले वन मुद्दामा फसाउन खोजेको माओवादी केन्द्र सर्लाहीको ठहर छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नगरप्रमुख थापा र उपप्रमुख मोक्तान निलम्बित छन् ।

बाग्मती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुमबासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा दायर गरेपछि माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो । माओवादीले राजनीतिक प्रतिशोधमा नगरप्रमुख थापा र उपप्रमुख मोक्तानलाई वन मुद्दा लगाएर फसाउन खोजेको आरोप लगाएको छ ।

यस अघि माओवादीले मधेस प्रदेशका मुख्यमन्त्री र वनमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै जनप्रतिनिधिलाई झूटा मुद्दामा फसाउने षड्यन्त्र नरोकिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here