प्रसिद्ध दार्शनिक जोन मिलले आफ्नोे पुस्तक इल ीष्दभचतथ मा लेखेका छन्, “व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र सूचना पाउने अधिकार लोकतन्त्रको प्रमुख आधार हो । यसले व्यक्तिलाई निर्णय गर्ने स्वतन्त्रता प्रदान गर्छ र राज्यलाई निरङ्कुश हुनबाट रोक्छ ।” त्यसैगरी थामस जेफरसनले भनेका थिए, “यदि म प्रेस र सरकारमध्ये एक छान्नुपर्ने अवस्थामा प¥यो भने, म प्रेसलाई रोज्नेछु ।” प्रेस स्वतन्त्रता कति महŒवपूर्ण छ भन्ने कुरा यसबाट छर्लङ्ग हुन्छ । प्रेस स्वतन्त्रताको सैद्धान्तिक पक्षले यसलाई नागरिकको मौलिक अधिकारको रूपमा स्वीकारेको छ । लोकतन्त्रको आधारशिला भनेकै अभिव्यक्ति स्वतन्त्रता हो, र अभिव्यक्ति स्वतन्त्रताको मुख्य अङ्ग प्रेस हो । प्रेस स्वतन्त्रताले नागरिकलाई सत्य जानकारीको पहुँच प्रदान गर्नुका साथै समाजमा विवेकशील बहस, नीति निर्माण र शक्ति सन्तुलनको वातावरण सिर्जना गर्छ । स्वतन्त्र प्रेसविना लोकतन्त्रको आधार कमजोर हुन्छ । प्रेसकै माध्यमबाट नागरिकलाई राज्यका गतिविधिबारे जानकारी मिल्छ, र सत्तालाई जवाफदेही बनाउँछ ।

लोकतन्त्रमा नागरिक निर्णय प्रक्रियाको केन्द्रमा हुन्छन् । उनीहरूलाई सही निर्णय लिन सूचना र ज्ञानको आवश्यकता पर्छ । स्वतन्त्र प्रेसले सत्य, सन्तुलित र तथ्यपरक समाचार प्रस्तुत गरेर नागरिकलाई सशक्त बनाउँछ । यसका साथै प्रेसले सरकार र अन्य शक्तिशाली संस्थाहरूको गतिविधि अनुगमन गर्दै उनीहरूलाई जवाफदेही बनाउने भूमिका खेल्छ । नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रेस स्वतन्त्रतामा महŒवपूर्ण प्रगति भएको देखिन्छ । तर अझै पनि प्रेस स्वतन्त्रतामाथि राज्यको दबाब, स्वार्थ समूहको हस्तक्षेप, र पत्रकारहरूको सुरक्षामा चुनौतीहरू यथावत् छन् । हाम्रो मुुलुकमा प्रेस स्वतन्त्रताका लागि कानूनी संरचना बलियो भएपनि व्यावहारिकरूपमा चुनौतीहरू धेरै छन् । स्वतन्त्र प्रेसले सरकारका कमजोरी र भ्रष्टाचार उजागर गर्दा पत्रकारमाथि धम्की, हिंसा र विभिन्न मुद्दा लगाएर दुःख दिइने घटनाहरू भइरहेका छन् । यस्तो वातावरणले प्रेसलाई स्वतन्त्रतापूर्वक काम गर्न अवरोध पु¥याउँछ । प्रेसले औंल्याएका गलती, कमी, कमजोरी सच्याउनेतर्फ लाग्नेभन्दा पनि प्रेसलाई हतोत्साहित पार्न खोज्ने प्रवृत्ति लोकतान्त्रिक होइन । हाम्रो मुलुकमा यही प्रवृत्ति हाबी छ ।

प्रेस स्वतन्त्रताको महŒवका धेरै अन्तर्राष्ट्रिय उदाहरण छन् । अमेरिकामा वाटरगेट काण्डको पर्दाफास प्रेसकै कारण भयो, जसले तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई राजीनामा दिन बाध्य बनायो । प्रेसले सरकारको गलत क्रियाकलापलाई उजागर गरेर लोकतन्त्रलाई बलियो बनाउन सक्छ भन्ने धारणालाई यस घटनाले झन् बलियो बनायो । नर्वेलगायत स्कानेडेभियन मुलुकहरूमा प्रेस स्वतन्त्रतालाई उच्च सम्मान दिइन्छ । सोही कारण ती देशमा राज्यका नीतिहरू पारदर्शी र जनउत्तरदायी हुन्छन् । यसको ठीकविपरीत उत्तर कोरिया जस्तो अधिनायकवादी देशमा प्रेस स्वतन्त्रता शून्य छ । त्यहाँका नागरिकलाई विश्वका यथार्थ घटनाबारे थाहा हुने कुनै माध्यम छैन । सरकार नियन्त्रित सञ्चार तथा जानकारीको परिधि नाघ्न नमिल्ने हुँदा त्यहाँ सत्ताको दमनकारी चरित्र छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा हामी गइसकेको भए तापनि यो अभ्यासको क्रममा छ, हामी पोख्त भइसकेका छैनौं । लोकतन्त्रमाथि कुनै खतरा छैन भन्न सकिंदैन । यसर्थ पनि प्रेसलाई संरक्षण र बढावा दिनु नागरिक र राज्यको दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here