प्रस, रौतहट, १२ माघ/
जनता समाजवादी पार्टी नेपालकी नेत्री शोभा साहले प्रेस स्वतन्त्र भएमा मात्र लोकतन्त्र बलियो हुने बताएकी छन् ।

श्रमजीवी पत्रकार सङ्घ नेपाल रौतहटले प्रथम जिल्ला अधिवेशनको क्रममा शनिवार आयोजना गरेको ‘लोकतन्त्रमा स्वतन्त्र पत्रकारको भूमिका’ विषयक अन्तत्र्रिmयामा उनले निष्पक्ष भएर पत्रकारिता गर्न सुझाइन् ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश सदस्य शैलेन्द्र झाले लोकतन्त्रमा सबैलाई संस्था खोल्ने अधिकार भएको बताए । उनले अहिलेसम्म पत्रकारहरूको साझा संस्थाको रूपमा नेपाल पत्रकार महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको दाबी गरे ।

नेपाल पत्रकार महासङ्घ रौतहटका पूर्वअध्यक्ष रवीन्द्रप्रसाद साहले पत्रकारले गर्ने कार्य र पत्रकारविरुद्ध भइरहेका विभेदबारे चर्चा गरेका थिए । सन्तोष पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण अभिमन्यु पटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here