प्रस, वीरगंज, १२ माघ/
कानू समाजको वीरगंजमा महानगर तदर्थ समिति गठन गरिएको छ । शनिवार राधेमाई मन्दिरको प्राङ्गणमा केन्द्रीय अध्यक्ष किशोरीप्रसाद कानूको अध्यक्षतामा सम्पन्न बैठकले १५ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा तीनजना सल्लाहकार पनि चयन भएका छन् ।

महानगर समितिको अध्यक्षमा सुन्दर साह कानू सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष लालबाबू साह, सचिव ओमप्रकाश कानू, कोषाध्यक्ष सीताराम साह कानू, सहसचिवमा विमला गुप्तालगायत सदस्यहरू चयन भएका छन् ।

२०६६ सालमा स्थापना भएको कानू समाजले स्वजातीय समुदायको उत्थानका लागि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्थापक अध्यक्ष हरिहरप्रसाद साहले बताए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष किशोरी साह कानू, उपाध्यक्ष मदनप्रसाद कानू, महासचिव किशोरीलाल प्रसाद, सचिव हरिहरप्रसाद साहलगायतको सहभागिता थियो ।

कानू समाजले सामाजिक हितका गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here