श्रीमन्नारायण• श्रीमन्नारायण

भारत अहिले विश्वमा सर्वाधिक जनसङ्ख्या भएको देश हो । यसबाहेक विश्वको पाँचौं ठूलो अर्थतन्त्र, चौथो ठूलो सैन्यशक्ति र विज्ञान, सूचना, विधि, अन्तरिक्ष अनुसन्धानलगायत क्षेत्रमा प्राप्त गरेको उपलब्धिले विश्वमैंं चर्चित छ । चिकित्सा विज्ञानको क्षेत्रमा पनि भारतको स्थान विश्वमैं अग्रणी रहेको छ । औषधि उत्पादन होस् वा भ्याक्सिन अन्वेषण, उत्पादन र वितरण भारत संसारमैं अग्रणी छ । कोभिड–१९ को महामारीको बेला कोभिशिल्डजस्ता प्रभावकारी भ्याक्सिन उत्पादन गरी भारतले महामारीविरुद्ध श्याबासी कमाएको छ । भारतमा सस्तो र सफल उपचारका लागि नेपाल मात्र होइन, दक्षिण एशियासहित एशियाका दर्जनौं देशका नागरिक आउने गरेका छन् । भारतका ठूला अस्पतालमा नेपालसहित श्रीलङ्का, भूटान, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, इरानलगायत देशका नागरिकले उपचार गराइरहेको सजिलै देख्न सकिन्छ ।

केही अघिसम्म सामान्य रोगको उपचारको लागि पनि भारतका अस्पताल धाउनुपर्ने हाम्रो बाध्यता थियो । सीमावर्ती भारतीय शहरहरू सिलिगुडी, कोलकाता, दरभङ्गा, सीतामढी, पटना, मोतीहारी, बेतिया, गोरखपुर, वाराणसी, दिल्ली, कानपुरमा नेपालीहरू उपचार गराउन जान्थे । अचेल नेपालमा नै विशिष्टीकृत सेवा दिने अस्पताल खुलेका छन् । अधिकांश नेपाली स्वदेशमैं उपचार गराउँछन् । यहाँसम्म कि सीमावर्ती क्ष्Fेत्रका भारतीय नागरिक नै बरु उपचार गराउन नेपाल आउने गरेका छन् । खासगरी आँखाका रोगीहरू बढी हुन्छन् । नेपालमा स्वास्थ्य उपचारको सुविधा राम्रो नभएको बेला भारतले वीर अस्पताल निर्माणमा सहयोग ग¥यो । भारतकै सहयोगमा धरान अस्पताल निर्माण भएको हो । वीर अस्पताल परिसरमा नवनिर्मित सुविधासम्पन्न ट्रमा सेन्टरको उद्घाटन केही वर्ष अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

पश्चिमा मुलुकहरूमा उत्पादन हुने महँगा औषधि सस्तो मूल्यमा उत्पादन गरी एशियाली तथा अफ्रिकन मुलुकमा समेत सस्तो मूल्यमा आपूर्ति गर्न भारतले ठूलो योगदान गर्दै आएको छ । उपचार खर्च सस्तो भएर पनि धेरै विकसित मुलुकबाट भारतमा उपचार गराउन बिरामीहरू आउने गरेका छन् ।

भारतले विश्व व्यापार सङ्गठनका सम्झौताका लचिलो नियम उपभोग गरेर सस्ता जेनेटिक औषधि उत्पदन गरी विश्वभरि पु¥याउँदै आएको कारण ‘विश्वको फर्मेसी’ नामले ख्याति कमाएको छ । भारतले मधुमेह, एचआइभी एडस, क्यान्सर र अन्य गम्भीर रोगको औषधि सुलभ बनाएको छ । कोभिड–१९ को विश्वव्यापी सङ्कटका बेला भारतले रेमेडेसियर, पारासिटामोल, मास्क, ग्लब्स, पिपिई सेट र उपचारका क्रममा आवश्यक अन्य स्वास्थ्य सामग्री नेपालसहित कतिपय छिमेकी देशहरूलाई अनुदानमा उपलब्ध गराएको थियो । कोभिड–१९ को सङ्क्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कका सदस्य राष्ट्रहरूसँग सम्पर्क र संवाद विकसित गरी सङ्कटको घडीमा कसरी मिलेर अगाडि बढ्न सकिन्छ र के कस्तो सहयोग गर्न सकिन्छ भन्ने वातावरण विकसित गरेका थिए । भरपर्दो, सटीक र स्तरीय भ्याक्सिन निर्माण गर्न भारतका वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ताहरूले सफलता प्राप्त गरेका थिए । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोनाविरुद्ध खोप कोभिशिल्ड भारतले नेपालसहित मालद्वीप्स, श्रीलङ्का, बङ्गलादेश, म्यान्मा, श्रीलङ्का, भूटान र अफगानिस्तानलाई अनुदानमा उपलब्ध गराएर मानवीयताको दृष्टिले मात्र होइन, सङ्कटको बेला सहयोग पु¥याएर असल छिमेकीको परिचय दिएको थियो ।

सन् २०२० को संयुक्त राष्ट्रसङ्घीय महासभामा भारतका प्रधानमन्त्री मोदीले मानवीय सङ्कट सामना गर्न भ्याक्सिन उत्पादन र वितरण क्षमताको उपयोग गर्ने घोषणा गरेका थिए । गुणस्तरीय र सस्तो भएका कारण भारतको भ्याक्सिन कोभ्याक्स र कोभिशिल्डको माग विश्वव्यापीरूपमा बढेको थियो ।

अहिले बहुविधागत विशेषज्ञ सेवा प्रदान गर्ने भारतको मेदान्त अस्पताल विश्वस्तरकै सुविधासम्पन्न अस्पतालको रूपमा प्रसिद्ध छ । मेदान्त अस्पताललाई अमेरिकाको प्रसिद्ध न्यूजविक पत्रिकाले विश्वका २५० वटा सर्वोत्कृष्ट अस्पतालमध्ये एक घोषित गरेको छ । नेपालबाट दिल्ली उपचार गराउन जाने बिरामीहरूलाई कुनै–कुनै अस्पतालमा विदेशीसरह व्यवहार गरिन्थ्यो । तर नेपालका एकजना तत्कालीन राजदूतले मेदान्तलगायत ठूला अस्पतालका प्रमुखसँग भेट गरी नेपालीलाई सन् १९५० को सन्धिबमोजिम पारस्परिकता (रेसिप्रोइल) का आधारमा व्यवहार गर्नुपर्ने साध्य गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here