प्रस, निजगढ, ११ माघ/
प्रथम निजगढ महोत्सव शुक्रवारदेखि शुरू भएको छ । कार्यक्रममा गृहमन्त्री रमेश लेखक प्रतिकूल मौसमले नआएपछि उनले पठाएको शुुभकामना सन्देश पढेर सुुनाइएको थियो ।
महोत्सवको उद्घाटन पूर्व श्रम, रोजगार तथा सामाजिक सुुरक्षामन्त्री एवं बारा क्षेत्र नं ४ का सांसद कृष्णकुुमार श्रेष्ठ र बारा क्षेत्र नं १ का सांसद अच्युत मैनालीले संयुुक्तरूपमा गरेका थिए ।
कार्यक्रममा सांसद श्रेष्ठले महोत्सवको आयोजना गर्नु सराहनीय कार्य भएको बताउँदै सम्पूर्ण मधेस प्रदेशको विकासका लागि आफू अग्रपङ्क्तिमा रहने प्रतिबद्धता व्यक्त गरे । निजगढमा बन्ने भनिएको राष्टिूय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मधेसका जनप्रतिनिधिहरूले सरकारलाई झकझक्याउनुपर्ने बताए । उनले सङ्कीर्ण मानसिकताले मुलुकको विकासमा बाधा पुग्ने पनि बताए । उनले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना दुु्रतमार्गसँग निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नङ र मासुुको जस्तो सम्बन्ध रहेको बताए । त्यस्तै, सांसद मैनालीले महोत्सवले स्थानीय कृषि, पर्यटन तथा स्थानीय उत्पादनलाई संरक्षण एवं प्रवद्र्धन गर्दै कला एवं संस्कृतिको समेत जगेर्ना गर्न मदत पुुग्ने बताए ।
कार्यक्रममा पूर्वखेलकूदमन्त्री पुरुषोत्तम पौडेलले निजगढलाई देशकै व्यापारिक केन्द्रको रूपमा
विकास गर्न सकिने सम्भावना रहेको बताए ।
नगरप्रमुख सुरथ पुरीले सरकारले निजगढलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने भने पनि अहिलेसम्म सो कार्य अघि नबढेको बताए । नेपालको राजनीतिलगायत राज्यका हरेक क्षेत्रमा जनताको वितृष्णा बढेको बताउँदै उनले सबैले मिलेर वितृष्णा हटाउन जरुरी भइसकेको बताए ।
कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, मीना लामा, नेपाल प्रहरी मधेस प्रदेश प्रमुख लालमणि आचार्य, सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश प्रमुख कालीदास धौबजी, उद्योग वाणिज्य सङ्घ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, राष्ट्रिय खेलकूद परिषद्का पूर्वसदस्यसचिव युवराज लामा, निजगढ नगर उपप्रमुख सोममाया थिङ, पूर्वनगरप्रमुख सुरेशकुमार खनाल, पूर्वउपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा, लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्था, विद्यालयहरूबाट नृत्य, झाँकी प्रदर्शन गरिएको थियो । निजगढ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भाइकाजी श्रेष्ठ र लक्ष्मी पाण्डे तथा स्वागत उषा लामाले गरेका थिए ।
महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहने र महोत्सव सम्पन्न गर्न करीब एक करोड खर्च लाग्ने बताइएको छ । महोत्सव अढाई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सो महोत्सव माघ २२ गते समापन हुने जनाइएको छ ।