प्रस, वीरगंज, ११ माघ/
मनोज ग्याँस उद्योग प्रालि, परवानीपुरले शनिवार एक कार्यक्रम आयोजना गरी पुराना एक हजार २०१ वटा ग्याँस सिलिन्डर नष्ट गरेको छ । उद्योगले सिलिन्डर नष्ट गर्न जगदम्बा प्रालिमा पठाएको थियो । १४.२ किलो ग्याँस क्षमताका एक हजार २०१ थान सिलिन्डर नष्ट गरिएको हो ।

परवानीपुरमा आयोजित कार्यक्रममा वीरगंज महानगर–२१ का वडाध्यक्ष राधाकृष्ण रौनियार, मनोज ग्याँसका सञ्चालक मनोजकुमार दास, गुणस्तर तथा नापतौल कार्यालयका निरीक्षक रामप्रसाद लम्साल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रतिनिधि मधुरेश साह, नेपाल आयल निगमका प्रशासक राकेशप्रसाद साहलगायत सञ्चारकर्मीहरूको सहभागिता थियो ।

सञ्चालक दासले उद्योगले प्रत्येक वर्ष पुराना सिलिन्डरहरू नष्ट गर्ने गरेको बताए । उनले दुघर्टनाको जोखिम कम गर्न पनि पुराना सिलिन्डरहरू नष्ट गरिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here