धर्मेन्द्र चौरसिया, पोखरिया, ११ माघ/
भन्सार चोरी तस्करीमा संलग्न दुई पक्षबीचको विवादमा प्रहरीले शुक्रवार पञ्चायती गराएको छ ।

पर्सा जिल्ला, विन्ध्यवासिनी गाउँपालिका अमरपट्टिमा माघ ९ गते भन्सार छली कारोबार गर्ने सन्दीप दास र निरञ्जन भन्ने उत्तम तिवारीबीच झडप भएको थियो । समाचार स्रोतका अनुसार निरञ्जन भन्ने उत्तम तिवारीले सन्दीप दासबाट प्रहरीलाई सेटिङ मिलाउने भनेर रकम लिएका थिए । तर प्रहरीले यसबीचमा सन्दीपबाट रकम नपाएपछि तीनपटक सामान पक्राउ गरेको थियो ।
प्रहरीलाई मिलाउन पैसा दिए पनि प्रहरीले सामान पक्रेको भन्दै सन्दीपले तिवारीसँग सोधखोज गरेका थिए । तिवारीले भने आपूmले पैसा बाँडिसकेको भन्दै फिर्ता दिन आलटाल गरेका थिए । यसै क्रममा तिवारीले अमरपट्टि भएर लसुन भारत लैजाने क्रममा सन्दीप पक्षले माघ ९ गते बुधवार राति निजको लसुन नियन्त्रणमा लिने प्रयास गरेको थियो । सोही क्रममा दुई पक्षबीच झगडा भएको र प्रहरी चौकी अमरपट्टिले सन्दीप दास, उत्तम तिवारी र दीपक साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पोखरिया चलान गरेको थियो ।

यही विषयमा शुक्रवार दिनभरि इप्रका, पोखरियामा पञ्चायती बस्यो । पञ्चायतीको पैmसला भने थाहा हुन सकेन । तस्करी गर्नेहरूको पञ्चायती प्रहरी चौकीमा भएको कुरालाई लिएर पोखरिया बजारमा चर्चा, परिचर्चा भएको छ । इप्रका, पोखरियाका प्रहरी निरीक्ष्Fक स्वरूप शर्माले प्रहरी चौकी अमरपट्टिले आपसी लेनदेनको झगडामा तीनजनालाई पक्राउ गरेको र सो विषयमा इप्रका, पोखरियामा आज छलफल भएको बताए ।

पछिल्लो समय अमरपट्टिबाट भन्सार छलीका कारोबार ठूलो परिमाणमा भइरहेको छ । अमरपट्टिसँगै प्रसौनी र ठोरीबाट पनि भन्सार छलीका सामानको कारोबार भइरहेको स्रोतले जनाएको छ । पर्साको सबैभन्दा पुरानो भन्सार छलीको कारोबार हुने भिस्वामा भने केही महीनादेखि सो कारोबार ठप्प छ । लसुन समातिएपछि यहाँबाट प्रहरीले तस्करीको लाइन बन्द गरेको छ र यहाँका तस्करहरूले अन्यत्र नाकाबाट तस्करी शुरू गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here