प्रस, पोखरिया, ११ माघ/
पोखरिया नगरपालिकास्थित नगर विकास समितिले शुक्रवार विभिन्न निर्णय गरेको छ ।

बैठकमा रेखाङ्कन तथा प्लट निर्माणको प्रास्तविक खाका (नक्शा) तयार र कित्ताकाट गर्न पोखरिया नगरपालिका–१ मा रहेको सीट नम्बर ११३–०१०१ को कित्ता नं ३०९ भित्र परेका साबिक नापीका कित्ता अन्तर्गत व्यक्तिविशेषको नाममा रहेका जग्गाहरू अधिग्रहण गर्ने प्रस्तावमाथि छलफल भएको थियो ।

नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, नगर विकास आयोजना प्रमुख इन्जिनीयर सुमितकुमार यादव, जग्गा एकीकरण उपभोक्ता समितिका अध्यक्ष राजुबाबू गिरी, नगर विकास समितिका सहजकर्ता हरिनारायण मिश्र, मालपोत कार्यालय, पर्साका प्रतिनिधि रामरेखाप्रसाद चौरसिया, नापी कार्यालय पर्साका प्रतिनिधि रामप्रमोद राउत, जग्गाधनी, कार्यालयका कर्मचारीलगायत सरोकारवालाहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here