प्रस, वीरगंज, ११ माघ/
बिहारका पूर्वमुख्यमन्त्री कर्पुरी ठाकुरको १२१औं जन्मजयन्ती रक्सौलमा मनाइएको छ । त्रिलोकीनाथ मन्दिरनजीक रहेको जनसुराज पार्टी कार्यालयमा शुक्रवार जन्मजयन्ती मनाइएको हो ।

कार्यक्रममा पार्टीकी रक्सौल प्रखण्ड अध्यक्ष नेत्री पूर्णिमा भारतीले पिछडिएका वर्गको नेतृत्वकर्ता इमानदार नेता पूर्वमुख्यमन्त्री ठाकुरले बिहारलाई सुन्दर राज्य बनाउने कल्पना गरेको र सोही अनुसार उनको सपना साकार गर्न पार्टीले काम गर्ने बताइन् । कार्यक्रममा पार्टीका सदस्य प्रदीप भारती, आदापुर अनुमण्डल अध्यक्ष्F प्रदीप कुमार, युवा अध्यक्ष शशाङ्क शेखरलगायतले ठाकुरप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here