प्रस, वीरगंज, ११ माघ/
जनमत पार्टीनिकट युवा जनमत सङ्घले शुक्रवार वीरगंजका विभिन्न चोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
वीरगंजको पावरहाउस, घण्टाघर, नयाँ बसपार्क, माईस्थान, महावीरस्थान, नारायणी अस्पताल, इनर्वालगायतका स्थानमा जनमत सङ्घका नेता, कार्यकर्ताहरूले दाउराको जोहो गरेर आगो ताप्ने व्यवस्था मिलाएका हुन् ।
जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले युवाहरूलाई समाजसँग जोड्दै रचनात्मक र सृजनात्मक गतिविधिमा उत्प्रेरित गर्न यस प्रकारको कार्य गरिएको बताए ।