प्रस, वीरगंज, ११ माघ/
जनमत पार्टी, पर्साले वीरगंज महानगर–१ छपकैयामा शुक्रवार निश्शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

आँखा शिविरमा ११२ जनाको आँखा चेकजाँच भएकामा ४४ जनामा मोतीबिन्दु फेला परेको जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए । मोतीबिन्दु देखिएका ४४ जनाको वीरगंज सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरिने उनले बताए । शिविरमा आँखा अस्पतालका नेत्र अधिकृत महेशसिंह धामी नेतृत्वको प्राविधिक टोलीले चेकजाँच गरेको थियो ।

जनमत पार्टीले विगत केही दिनदेखि पर्सा जिल्लामा निश्शुल्क आँखा शिविर सञ्चालन गर्दै आएको र यो आठौंपटक भएको अध्यक्ष सर्राफले बताए । कार्यक्रममा किशोर कुशवाहा, कृष्णप्रसाद कानू, भोला ठाकुर, रम्भा मिश्र, सञ्जय सिंह, सिकेन्द्र रामलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here