प्रस, परवानीपुर, ११ माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार दुईवटा खेल सम्पन्न भएका छन् ।

डेसिमल कलेज र ग्लोबल बिजनेशबीच भएको पहिलो खेलमा ग्लोबल पाँच विकेटले विजयी भएको थियो । पहिला ब्याटिङ गर्दै डेसिमलले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १११ रन बनाएको थियो । डेसिमलका प्रतीक पुरीले ३१ र धीरज पण्डितले २३ रन बनाए भने ग्लोबलका रोशन यादवले तीन र आदर्श भण्डारीले दुई विकेट लिएका थिए ।

प्रतिउत्तरमा ग्लोबलले १६.१ ओभरमा लक्ष्य पूरा गर्दै विजयी भयो । ग्लोबलका शुभम बरालले ३७ र प्रियांशु कर्णले २८ रन बनाए । डेसिमलका प्रतीक पुरीले तीन र अङ्कुश गुप्ताले एक विकेट लिए । यो खेलको ‘म्यान अफ दी म्याच’ ग्लोबलका शुभम बराल घोषित भए ।

दोस्रो खेलमा सेन्ट जेभियर्सले नेशनल एकेडेमीलाई ४० रन अन्तरले पराजित ग-यो । पहिला ब्याटिङ गर्दै सेन्ट जेभियर्सले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १३९ रन बनाएको थियो । सेन्ट जेभियर्सका इमरान अन्सारीले ३२ र साजिद अन्सारीले ३१ रन बनाएका थिए ।

नेशनल एकेडेमीका विशाल गुप्ता र वीरेन्द्र कानूले तीन/तीन विकेट लिए । नेशनल एकेडेमी १७.१ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा सीमित भयो । नेशनल एकेडेमीका वीरेन्द्र कानूले २७, अर्जुन यादवले २३ रन बनाए भने सेन्ट जेभियर्सका राजु महतोले पाँच र सागिर मियाँले दुई विकेट लिए । यो खेलको ‘म्यान अफ दी म्याच’ राजु घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here