सुग्रीव साह, भिस्वा, ११ माघ/
भारत, बिहारको कङ्गाली थाना क्षेत्रको भेडिहारी गाउँमा मदिरासेवन गरेका व्यक्तिको शङ्कास्पद मृत्यु भएको छ ।

भेडिहारीका ३५ वर्षीय रमेश शर्माको अत्यधिक मदिरासेवनबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले थाना घेराउ गर्दै दोषीलाई कारबाईको माग गरेको छ ।

अनुमण्डल पुलिस अधिकारीले भेडिहारी चोकबाट तीनजनालाई मदिरासेवन गरेको कसूरमा पक्राउ गरेको र त्यसमध्ये एकजनाको अवस्था चिन्ताजनक भएपछि उपचारको लागि बेतिया अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले दाबी गरेको छ । रमेशको मृत्युपछि आक्रोशित स्थानीयवासीले थाना घेराउ गरेको डिएसपी जयप्रकाश सिंहले बताए । उनले रमेशले अत्यधिक मदिरासेवन गरेका र चीसोको कारण उनको मृत्यु भएको बताएका छन् । प्रहरीले मदिरासेवन गरेको कसूरमा पक्राउ गरेका व्यक्तिलाई कुटपिट नगर्ने गरेको उनले दाबी गरे ।

प्रहरीले घटनास्थलबाट सिसिटिभी फुटेज चेकजाँच तथा शल्यपरीक्षण प्रतिवे दन आएपछि मृत्युको कारण खुल्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here