प्रस, वीरगंज, ११ माघ/
राष्ट्रिय एकता अभियानले पर्सामा कार्यालय स्थापना गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले कार्यालयको उदघाटन गर्दै राष्ट्रिय स्वाभिमान र पहिचानको रक्षा अभियानको मुख्य उद्देश्य रहेको बताए । उनले अभियानले सामाजिक एकता र राजनीतिक स्थायित्वका लागि महŒवपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य ओमबाबू यादव र अरविन्द त्रिपाठीले ओली सरकारले चीनसँग गरेका सहमतिहरूको आलोचना गर्दै चिनियाँ हस्तक्षेपलाई खतरनाक बताएका छन् । उनीहरूले विदेशी प्रभावलाई रोक्न र नेपालको स्वाभिमान जोगाउनुपर्नेमा जोड दिए ।
पर्सा जिल्ला संयोजक बिकाउप्रसाद भण्डारी (थारू)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य राजेश यादवले गरेका थिए ।