• नवराज रिजाल

“हाम्रो विचारबाट एक पाइलो पछि हट्दिनँ । कर्तव्यमा डराउन्नँ । सबै भावनाको समानरूपमा पूजा गर्छु । मेरा हरेक कार्यमा यहाँहरूको संलग्नता रहनेछ,” मजदूर नेताले उद्घोष गरे । समर्थनको ताली बज्यो । बन्द अभूतपूर्वरूपमा सफल भयो । हप्तौं कारखानाको मूल ढोकामा ताला मारियो ।

केही माग पूरा गरिए । अन्य माग दुई महीनाभित्र पूर्ण गरिने शर्तमा ताला खुल्यो तर व्यवस्थापनले पछि वास्तै गरेन । मागका सम्बन्धमा पुनः कुरा उठ्न थाले । कबुल पूरा नभएकोमा मजदूरहरूभित्र असन्तोष बढ्न लाग्यो । यही मौकामा व्यवस्थापन समूहले असन्तोषी मजदूरहरूलाई आरोपसहित निष्काशन ग¥यो । निष्काशनपत्रमा हुलहुज्जत गरेको, काममा व्यवधान उत्पन्न गराएको, गुटबन्दीमा लागेर उत्पादनमा गम्भीर क्षति पु¥याएको जस्ता आरोप थिए ।

अर्काे दिन थाहा भयो मजदूर हडतालको नेतृत्व गर्ने नेता त कारखाना मालिकको मानिस पो रहेछन् । मजदूरहरू मालिकका हातविपरीत नजाऊन् भनेर खटाइएको मानिस रहेछन् उनी । मजदूरहरू जिल्लिए, अझैपछि ज्ञात हुन आयो उक्त बन्द र विरोध मालिकले मजदूरहरू को समर्थन र को विरोधमा छन् बुझ्न गराएका रहेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here