तेलुगु, तमिल, कन्नड, मलायलमका दक्षिणी सिनेमाले भारतका मुम्बइया हिन्दी सिनेमाको हुर्मत लिन थालेको छ । भारतका साथ दक्षिणी सिनेमाले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कमाल नै गर्न थालेको छ । मुम्बइया हिन्दी सिनेमाप्रेमीहरूसमेत अचेल दक्षिण भारतीय सिनेमाको पारखी बन्न थालेका छन् । विगतमा भारतमा बम्बइया हिन्दी सिनेमाको एकछत्र साम्राज्य तोड्दै अहिले दक्षिण भारतीय सिनेमाले भारत र विश्वबाटै बम्बैया सिनेमालाई क्रमशः चुनौती दिंदै विस्थापित गर्दै भित्तामा पु¥याउन थालेको देखिन्छ । नेपालमा समेत एकताका हिन्दी बम्बइया सिनेमाले तहल्का मचाएको थियो । तर अहिले हामी नेपाली सिनेदर्शक समेतलाई दक्षिण भारतीय सिनेमाको लत लागेको देखिन्छ । लगानी, फोटोग्राफी, कथाको छनोट, कलाकारको छनोट आदिमा दक्षिण भारतीय सिनेकर्मीहरू निकै गम्भीर र चनाखो देखिन्छन् भने बम्बइया कथा, कलाकारहरू उही पुरानै ढर्राका घिसापिटा एक्टिड्ढा साथ उपस्थित देखिन्छन् । विश्वविख्यात र मुम्बईमा रहेको कपुर खानदानको ऐतिहासिक धरोहर भनिने आरके स्टुडियोसमेत अहिले नेस्तनाबुद भइसक्यो । अचेल त बम्बइया सिनेमा फिल्माउनसमेत हिन्दी सिनेमायीहरू दक्ष्Fिण लाग्ने गरेका छन् । त्यस्तै सुपरडुपर साउथ फिल्मको नकल गरेर थुप्रै मुम्बइया हिन्दी फिलिम बन्न थालेका छन् । यस्ता प्रतिलिपि हिन्दी सिनेमामा नयाँ नौलो क्यै हुँदैन । अवस्था यस्तै रहेमा बम्बइया सिनेमाले समयानुकूल सुधार नगरेमा भोलिका दिनमा मुम्बइया सिनेमालाई दक्ष्Fिण भारतीय सिनेमाले पटकनी दिने र चारोखाना चित्त गर्ने पक्कापक्की छ । दक्षिण भारतीय फिल्म पुष्पा–२ ले त कमाल नै गरेको छ ।
नटखट लालुप्रसाद यादव
भारतमा र खासगरी बिहारमा लालुलाई मुंहफट र नटखट नेता भनिन्छ । बिहारको मुख्यमन्त्री नीतीश कुमारले महिला संवाद यात्रा चलाएका छन् । यो महिला संवाद यात्रामा मुख्यमन्त्री नीतीश कुमार स्वयं महिलासामु खडा भएर संवाद गर्दछन् । तर लालुले नीतीशको महिला संवाद यात्रालाई नयनमटका र नयन सेक्ने जा रहे हैं भनेर आरोप लगाएर खिल्ली उडाएपछि नीतीशको कन्सुत्लीको रौ तात्तिनु स्वाभाविकै हो । लालुलाई चटपटे प्रतिक्रिया र मसालेदार चटखारे खबरका बेताज बादशाह भनिन्छ । त्यसो त जगहँसाइको कार्य गर्न नीतीश र लालु दुवैलाई महारथ प्राप्त छ । नीतीश पक्षले लालुको प्रतिक्रियालाई बहुलठ्ठीको पराकाष्ठा भनेको छ । तर म त यही भन्छु मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए । बिहारमा अझै पनि ‘लचके जब कमरिया तोहरी जिल्ला हिलेला’ भन्छन् ।
भारतमा भगत सिंह, सुखदेव र राजगुरुलाई उच्च बलिदानी नेताको सम्मान प्राप्त छ । पाकिस्तानको लाहोरमा शाहमान चोक निकै प्रख्यात छ । केही समय अघि लाहोरका हिन्दूहरूले शाहमान चोकको नाम परिवर्तन गरी भगत सिंह चोक राख्न लाहोर हाइकोर्टमा मुद्दा हाले । तर लाहोर अदालतले भगत सिंह, सुखदेव र राजगुरुलाई आतङ्कवादी गतिविधिमा संलग्न भन्दै रीट मुद्दा खारेज गरिदियो । आप्mना शहीदहरूलाई आतङ्ककारी भनेकोमा भारतको राजनयिक क्ष्Fेत्र भित्रभित्रै गुम्सियो । अङ्ग्रेज सरकारले सन् १९३१ मा लाहोर केन्द्रीय कारागारमा भगत सिंह, सुखदेव र राजगुरुलाई आतङ्ककारी भन्दै फाँसी झुन्ड्याएको थियो । कुरा के रहेछ भने एकजना त्रूmर अङ्ग्रेज अफिसरसँग भगत सिंह, सुखदेव र राजगुरुको व्यक्तिगत घटनाबारे नराम्ररी झगडा भएछ र त्यो झगडामा राजनीतिको र अनि स्वतन्त्रताको स्वको नामोनिशान थिएन । यो नितान्त निजी झगडा थियो । मौका पाउनेबित्तिकै एक दिन भगत सिंह, राजगुरु र सुखदेवले अङ्ग्रेज अफसरको हत्या गरिदिए । यो हत्या अभियोगमा तीनैजना पक्राउ परे, फाँसीमा झुन्ड्याइयो । त्यतिखेर भारतमा स्वतन्त्रता आन्दोलन चलिरहेको थियो, अङ्ग्रेज अफिसरको हत्या गरेकोले उनीहरूलाई आन्दोलनकारीहरूले शहीदको श्रेणी र सम्मान दिएछन् । तर अङ्ग्रेज र वर्तमान पाकिस्तानी अदालतले यिनलाई आतङ्ककारी भनेपछि भारतको चित्त दुख्ने नै भयो ।
एउटा समाचार यस्तो पनि
‘मैं सीताकुमारी गिरी, सुपुत्री विजय गिरी निवासी मुजप्mफरपुर बिहारका शुभविवाह, वीरगंज (नेपाल) पर्सा जिल्ला शमशेर गिरीसे हुआ है । विवाहके बाद मैं नेपाल में ही रहनेवाली हुँ । नेपाल के कानूनमुताबिक मैं वैवाहिक नाते से नागरिक बनने जा रही हुँ । इसलिए मैं अपनी राजीखुशीसे अपनी भारतीय नागरिकता परित्याग करती हुँ । मेरा नाम भारतीय नागरिकता और मतदाता सूचीसे हटाया जाय ।’
यस्ता आशयका पत्र भारत र खासगरी बिहारका डिएम कार्यालयमा रु ३०० को नेपाली टाँसेर पुग्दैछ । अहिले तराई क्ष्Fेत्र नेपालमा छोरी बिहा गर्न भारतीय खासगरी बिहारीहरू न्वारनको बल झिकेर लागेका छन् । यस्ता पत्रहरू दैनिक दर्जनौं प्राप्त हुन थालेपछि भारतीय गृह मन्त्रालयको कान ठाडो भएको र चिन्ता लिन थालेको छ रे । तर वैवाहिक नागरिकता वितरण गर्न सहज नियम कानून तर्जुमा गर्ने हाम्रो सरकार कानमा तेल हालेर बसेको छ । स्मरणीय छ नेपालबाट भारततर्पm विवाह भएर जाने नेपाली महिलाले भारतीय बन्न लामो प्रक्रिया अपनाउनुपर्छ । वर्षौ इन्तजार गर्नुपर्छ । हाम्रFे फितलो कानून त टका सेर भाजा, टका सेर खाजा जस्तै त हो नि !
समय बलवान छ
अस्ति पुस १४ गते राजा वीरेन्द्रको जन्मदिन वीरगंजमा एउटा सानो राजावादी समूहले उदास र उराठपूर्ण तरीकाले मनाए । तर एक जमानामा पुस १४ का दिन मुलुकभरि नै मेलापात र उल्लासको वातावरण हुन्यो । घर, कवल, पसलहरू राजाको जयजयकार र राष्ट्रिय झन्डा पताकाले शोभायमान हुन्थे । बजारमा सरकारी पदाधिकारीहरूसहित विशाल परम्परागत जुलूसले नगर परिक्रमा गर्दथ्यो । यो तामझाम हेर्न गाउँका मानिस सदरमुकाम छिर्थे । पत्रपत्रिकाहरूमा जन्मदिनको विज्ञापनको ओइरो लाग्दथ्यो, रमाइलो मेला पुस महीनाभर सञ्चालन हुन्थ्यो ।
तर अहिले जमाना बदलिएको छ । राजाहरू एकादेशका कथा बनाइएका छन् । २०१७ सालमा समेत दुस्साहसी भनिने राजा महेन्द्रले जननिर्वाचित विपी कोइरालाको सरकारलाई जेल, नेल र निर्वासनमा पठाएर, जबरजस्तरूपमा पञ्चायती व्यवस्था लागू गरेका थिए । त्यतिखेर महेन्द्रले काङ्ग्रेस, कम्युनिस्टका बिकाउ प्रवृत्तिका नेताहरूलाई पञ्चायतमा भिœयाएर सम्मानजनक ओहदा दिएर पञ्चायतको खम्बा मजबूत पारेका थिए । परशुनारायण चौधरी, केशरजङ्ग रायमाझी, विश्वबन्धु थापा, सूर्यबहादुर थापा आदि प्रारम्भमा पञ्चायती व्यवस्थाका इतरपक्ष (विपक्षी) थिए । बेला–कुबेला काङ्ग्रेस कम्युनिस्टलाई क्रमशः काखा, पाखा गर्न पनि राजा महेन्द्र चुक्दैनथे । भनिन्छ त्यतिखेर विपी कोइराला नेतृत्वको सरकार छोटो अवधिमैं निकै बदनाम भएको थियो । राजा वीरेन्द्रकै वंशनाश हुँदा लाखौं नेपालीहरूले मुण्डन गरेका थिए । ती सबैले बदलिंदो समयमा वीरेन्द्रलाई बिर्सिदै गए ।
ठूलै जोश र जाँगरका साथ नेपालीहरूले ज्युज्यानको बाजी लगाएर २०४६ सालमा आन्दोलन गरे, प्रजातन्त्र ल्याए । तर हामीले प्रजातन्त्र, गणतन्त्रको फटेहाल हविगत देखिरहेका छौं । धनी झन्झन् धनी र गरीब झन्झन् गरीब हुँदै गएको अनुभव हुन थालेको छ । शान्ति, सुरक्ष्Fा र संविधान कानूनको धज्जी उठाइएको छ । चोरलाई चौतारी र साधुलाई सुलीको वातावरण छ । यस्तो अचाक्ली अत्याचार व्यभिचार मौलाउँदै जाँदासमेत आम नेपाली एकतन्त्री राणा शासनझैं मौन र त्रसित छ । आखिर किन ? मुलुकमा राणा र राजाभन्दा तानाशाही प्रजातान्त्रिक व्यवस्था आएकै हो त ? राजा महेन्द्रका निराश छोरा ज्ञानेन्द्र वीर विक्रम (जो दुईपटक राजा बनी टोपले) मौन देखिन्छन् । राजा आऊ देश बचाऊ भन्ने पनि शान्त भइसके ।
चलायमान हुन खोज्दा राजालाई थर्काउन र तथानाम भन्न ओली र प्रचण्डहरू तनिक विलम्ब गर्दैनन् । राजनैतिक दल र नेताहरूमा राष्ट्रियता खोज्नु बालुवाबाट तेल निकाल्नुजस्तै भएको छ । अचेल राजनैतिक धरातल त कतिसम्म खस्किसकेको छ भने आम नागरिकहरू बालेन साह, रवि लामिछाने, दुर्गाप्रसादजस्तालाई मुक्तिदाता, तारणहार ठान्न थालेका छन् । मुलुकमा यस्तो विडम्बना त कहिल्यै देखिएको थिएन । राष्ट्रिय ढुकुटी नेताहरूको पेवामा परिणत भएको छ । बिरामी परेको भन्दै ओलीमर्का नेताहरू सरकारी खजानाबाट मोजमस्ती गर्छन् । विनालगानी र मेहनतको अच्छा व्यापार बनेको छ राजनीति । अचेल नेपाली चिकित्सालाई होच्याउँदै ओली, प्रचण्ड, देउवाहरू सर्दी, रुघाखोकी लाग्दासमेत विदेश हानिन्छन्, खजाना मासिदिन्छन् । जनता र मुलुक रुग्ण, दयनीय अवस्थामा पुग्दासमेत यिनले निर्धक्क शाही शासन चलाएको देख्दा मलाई हामी राजा र राणाहरूको प्रजा र रैतिको स्तरभन्दा तल झरेको महसूस हुन्छ । ठूला पार्टीका नेता, कार्यकर्ता र हामी दीनहीन जनताको अवस्था त कबिर दासले भनेझैं भइसक्यो ।
निर्धन गिरे पहाड से कोइ न पुछे हाल
धनीको कांटा लगे, पुछे लोग हजार ।
समय बलवान है भैया !