प्रस, वीरगंज, १० माघ/
भूमि समस्या समाधान आयोग, पर्साको अध्यक्षको पदभार तबरेज अहमदले सम्हालेका छन् । पर्सा जिल्ला समन्वय समितिको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष अहमदले यसभन्दा पहिलाको दुर्ई वर्षे कार्यकालमा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने क्रममा सरकार ढलेर आयोग पनि विघटन भएको बताए । उनले आफ्नो पहिलो कार्यकालमा यदि सरकार नढलेको भए पर्सा जिल्लामा दर्ता भएका आठ हजार पाँच सय निवेदनमध्ये अधिकांशलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसक्ने बताए । उनले अबको तीन वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमिसम्बन्धी समस्या स्थायीरूपमा समाधान गर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी पर्साका प्रमुख राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुङ्गेल, जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन सोनार, राष्ट्रिय अनुसन्धान पर्साका प्रमुख दिलीपकुमार सिंह, ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मालगायतको सहभागिता थियो ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन आयोगको गठन गरेकोमा पर्सा जिल्लाका लागि तबरेज अहमद आयोगको दोस्रोपटक अध्यक्षमा नियुक्त भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here