प्रस, वीरगंज, १० माघ/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको छ ।

मन्त्रालयको हिजो बसेको बैठकले यससम्बन्धी निर्णय गरेको र देशभरका १० वटा नगरपालिका र १३ वटा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी रद्द गरेको हो । निप्रप्रअहरूले अहिलेसम्म गर्दै आएका कामकाजमध्ये उनीहरूले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट वञ्चित गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित नपा, गापा प्रमुखहरूको सिफारिशमा गापाका विभिन्न शाखामा कार्यरत व्यक्तिहरूलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुम्पिने र उनीहरूले आर्थिक तथा प्रशासनिक कामकारबाई गर्दै आएका थिए ।

हिजोको निर्णयबाट निप्रप्रअहरूलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीबाट हटाइएको हो । २३ निप्रप्रअमध्ये मधेस प्रदेशका आठ जिल्लामा १३ जना छन् र बाँकी अन्य प्रदेशका छन् । मधेस प्रदेशका निप्रप्रअहरूमा धनुषाधाम नगरपालिका, औराही नपा, मुखियापट्टी, मुसहर्निया, सर्लाहीको धनकौल र ब्रह्मपुरी गापा, सप्तरीको कञ्चनपुर नपा, सिराहा नपा, महोत्तरीको लोहारपट्टी नपा, भङ्गाहा नपा, बाराको महागढीमाई नपा, सुवर्ण गापा, पर्साको पोखरिया नपा तथा बाँकी अन्य प्रदेशका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here