प्रस, वीरगंज, १० माघ/
७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा वीरगंज भन्सार कार्यालय र ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले बिहीवार भन्सार क्षेत्रमा वृक्षारोपण गरेको छ ।
कार्यक्रममा वीरगंज भन्सारको गेटदेखि शङ्कराचार्यद्वारसम्म विभिन्न प्रजातिका ९० थान बिरुवा रोपिएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछाने र सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सञ्जय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक, राजेन्द्र ढुङ्गाना, लेखा अधिकृत ह्दयनारायण साह, शिवप्रसाद गुप्ता, सर्पmुद्दीन मियाँ, चन्द्र अग्रवाल, त्रिलोकचन्द दारुका, सशस्त्र प्रहरी नायब निरीक्षक नागेन्द्र यादवलगायतको सहभागिता थियो ।