प्रस, पोखरिया, २२ पुस/
लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, पर्साले सोमवार पोखरियामा विरोध प्रदर्शन तथा कोणसभा सम्पन्न गरेको छ। सङ्घर्ष समितिका अध्यक्ष एवं मधेस प्रदेश सचिव शिव साह तेलीको नेतृत्वमा पोखरिया नपा–९ स्थित हनुमान मन्दिरबाट निस्केको –याली लघुवित्त तथा वित्तीय संस्थाविरुद्ध नाराबाजी गर्दै बजार परिक्रमापछि कोणसभा गरेर समापन भएको छ।
कोणसभामा केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले तीन वर्षदेखि आन्दोलन गरिरहेको बताए। उनले नेपाल राष्ट्र बैंकको गलत मौद्रिक नीतिका कारण लघुवित्त तथा वित्तीय संस्थाहरूलाई लुट्ने छुट प्राप्त भएको आरोप लगाए। उनले ८० प्रतिशत लघुवित्तहरूले ठग्ने र लुट्ने कार्य गरिरहेको बताए।
कुनै पनि सरकारले वित्तीय क्षेत्रमा कुनै परिवर्तन ल्याउन नसकेको उनले आरोप लगाए। नेताहरूका छोराछोरी तथा नातागोताहरूका लागि साम्राज्यवाद आएको तर जनताको उठीबास भइरहेको उनले बताए। जिल्ला प्रशासन कार्यालयलाई जतिसुकै अधिकार दिए पनि मिटरब्याजपीडितहरूको समस्या समाधान नभएको उनले बताए। उनले नेपालको वित्तीय प्रणालीमा आमूल परिवर्तन गरी लघुवित्तलाई खारेज गर्नुपर्ने जिकिर गरे। उनले लघुवित्तविरुद्धको आन्दोलन जारी रहेको र आगामी चैत ५ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन शुरू हुने जानकारी गराए।
कार्यक्रममा मधेस प्रदेश इन्चार्ज युवराज रसाइली, मधेस प्रदेश अध्यक्ष अर्जुन विश्वकर्मा, केन्द्रीय सल्लाहकार गोवद्र्धन यादवलगायतको सहभागिता थियोे।