प्रस, पर्सागढी, २२ पुस/
वीरगंज महानगरपालिका–२९ बसडिलवामा घोनसार शुरू भएको छ ।

जाडोयाम शुरू भएसँगै गाउँघरमा घोनसारमा अन्न भुट्ने कार्य हुँदै आएको छ । घोनसार मुख्यतः धानबाली भित्रिएपछि र जाडोयामको थालनी भएपछि शुरू गरिन्छ ।

जाडो महीनामा आगो बाल्नको लागि पराल तथा उखुका पातहरू प्रशस्त मात्रामा उपलब्ध हुन्छन् । जसले गर्दा घोनसार सञ्चालनमा सहज हुने गर्छ ।

गाउँघरमा अहिले पनि स्थानीयहरूले घोनसारमा चामल, मकै, भटमास भुटेर नास्ता बनाएर खाने गर्छन् । घोनसारमा भुटेको अनन्दी चामलको भुजा दिउँसोको नास्ताको लागि गाउँघरमा अहिले पनि प्रख्यात छ । आउँदो मकरसङ्क्रान्तिका लागि पनि घोनसारमा विभिन्न अन्न भुटेर भुजा तयार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here