सडक सञ्जाल विस्तारले पराल बिक्री गर्न सहज
धर्मेन्द्र चौरसिया, पोखरिया, १६ मङ्सिर/ बर्सेनि सडकको विकास भएसँगै धानको परालका लागि व्यापारीहरू अहिले खेतमैं पुगेर खरीद गर्दा पर्सेली किसानहरू हर्षित भएका छन् । हुलाकी सडक अन्तर्गत पोखरिया–लङ्गडी–भिस्वा सडकखण्ड, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्ड निर्माण भएसँगै यस क्षेत्रका किसानहरूको खेतमा व्यापारीहरू ट्रक, जीप लिएर जाने र खेत, खलिहानबाटै किसानको पराल खरीद गर्ने गरेका छन् […]
बाराका पालिकाहरूले सार्वजनिक बिदा दिंदै, सोमवारदेखि मुख्य पूजा शुरू हुने, भक्तजनहरूको भीड बढ्दै
प्रस, वीरगंज, १६ मङ्सिर/ बारा जिल्लाका १६ वटै पालिकाले बलिका लागि विश्व प्रख्यात पञ्चवर्षीय गढीमाई मेलाका लागि पालिकास्तरमा बिदा दिने भएका छन् । यही मङ्सिर २ गते १६ वटै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूको भेलाले गढीमाई मेलालाई लक्षित गरेर आआफ्नो पालिकामा बिदा दिने निर्णय गरेको कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथुप्रसाद साहले बताए […]
रौतहटमा उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न
प्रस, रौतहट, १६ मङ्सिर/ रौतहट जिल्लाका तीन पालिकामा उपनिर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । आइतवार बिहान ७ बजेदेखि शुरू भएको उपनिर्वाचनको मतदानमा मतदाताहरूको उत्साहजनक सहभागिता थियो । जिल्ला निर्वाचन अधिकृतको कार्यालय, रौतहटका प्रमुख छोटेलाल दासले ईशनाथ नगरपालिका–७, राजपुर नपा–६ र गढीमाई नपा–८ मा आज भएको उपनिर्वाचनमा ७३.२३ प्रतिशत मत खसेको बताए । उपनिर्वाचन शान्तिपूर्णरूपमा शुरू […]
विश्व एड्स दिवस विविध कार्यक्रम गरी सम्पन्न
प्रस, वीरगंज, १६ मङ्सिर/ ३७औं विश्व एड्स दिवस नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले आइतवार अस्पताल परिसरमा कार्यक्रम गरी मनाएको छ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ नाराका साथ कलेजमा सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको थियो । एड्स अन्त्यका लागि कलेजका बिएस्सी १५औं ब्याचका विद्यार्थीहरू सुप्रिया कडरिया, करुणा नेपाल, अर्चना साह, अस्मिता […]
स्थायी अध्यापन अनुमतिपत्रको परीक्षामा मधेस प्रदेशमा बढी परीक्षार्थी
प्रस, परवानीपुर, १६ मङ्सिर/ शिक्षक सेवा आयोगले शनिवार लिएको निम्न माध्यमिक विद्यालय तह स्थायी अध्यापन अनुमतिपत्रको परीक्षामा मधेस प्रदेशबाट सबैभन्दा बढी सहभागिता देखिएको छ । आयोगले निमावि तह स्थायी अध्यापन अनुमतिपत्रको परीक्षाका लागि मधेस प्रदेशको राजधानी जनकपुर र वीरगंजमा तोकेको थियो । दुई स्थानमा भएको परीक्षामा करीब साढे २१ हजार जना परीक्षामा सहभागी भएका थिए […]
नरेश सर्राफ स्मृति पुरस्कार पत्रकार पटेललाई प्रदान
प्रस, वीरगंज, १६ मङ्सिर/ नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । समाजवादी पत्रकार सङ्गठन नेपाल, पर्साले आयोजना गरेको २१ हजार राशिको सो पुरस्कार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आइतवार रेडियो वीरगंजमा आयोजित कार्यक्रमबीच पत्रकार पटेललाई प्रदान गरे । कार्यक्रममा उनले सत्यतथ्यका आधारमा पत्रकारिता गर्न सुझाए […]
फरार सूचीका चारजना पक्राउ
प्रस, वीरगंज, १६ मङ्सिर/ जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मुद्दामा अदालतबाट दण्ड सजाय भएपछि फरार भएका चारजना अभियुक्तलाई पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको जनाएको छ । जिप्रका बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले चोरी मुद्दामा पाँच हजार दण्ड र दुई महीना कैद सजाय भएपछि फरार सूचीमा रहेको निजगढ नगरपालिका–१ नमूनाबस्तीका चन्द्रबहादुर […]
२०८१ मङ्सिर १७ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
आवश्यकता लालचको कारण हो
• अनन्तकुमार लाल दास महात्मा गाँधीले के भनेका थिए– “संसारले मानवीय सबै आवश्यकता पूरा गर्न सक्छ, तर मानवीय लालचलाई सन्तुष्ट पार्न सक्दैन ।” मानव इतिहास आवश्यकता र लालचको अवधारणासँग गहिरो रूपमा जोडिएको छ । मानव अस्तित्वको प्रारम्भिक कालखण्डदेखि वर्तमानको जटिल सामाजिक संरचनासम्म यी दुवै शक्तिले सभ्यता, अर्थ व्यवस्था र पारस्परिक सम्बन्धलाई एउटा नयाँ आयाम दिएको […]
सिम्रौनगढको संरक्षण
नेपालको ऐतिहासिक र सांस्कृतिक धरोहर सिम्रौनगढले सदियौं पुरानो सभ्यता र गौरव बोकेको छ । मल्लकालीन शासनकालदेखि मिथिलाको धार्मिक, सांस्कृतिक र राजनीतिक केन्द्र रहँदै आएको यो क्षेत्र राष्ट्रकै सम्पत्ति हो । पछिल्लो समय यस क्षेत्रका सम्पदा जोखिममा परेका छन् । धार्मिकस्थल, पुराताŒिवक संरचना र ऐतिहासिक महŒवका धरोहर मासेर जथाभावी बस्ती विस्तार, घर निर्माण, माछापोखरी खन्ने एवं […]