• अनन्तकुमार लाल दास

महात्मा गाँधीले के भनेका थिए– “संसारले मानवीय सबै आवश्यकता पूरा गर्न सक्छ, तर मानवीय लालचलाई सन्तुष्ट पार्न सक्दैन ।” मानव इतिहास आवश्यकता र लालचको अवधारणासँग गहिरो रूपमा जोडिएको छ । मानव अस्तित्वको प्रारम्भिक कालखण्डदेखि वर्तमानको जटिल सामाजिक संरचनासम्म यी दुवै शक्तिले सभ्यता, अर्थ व्यवस्था र पारस्परिक सम्बन्धलाई एउटा नयाँ आयाम दिएको छ । आवश्यकता जीवनको मूल आधार हो, जसले मानिस र समुदायको अस्तित्व एवं कल्याणको लागि आवश्यक कुरा खोज्न प्रेरित गर्दछ । हुनत जब आवश्यकता लालचमा परिवर्तन हुन्छ तब यसको परिणाम व्यक्तिको लागि मात्र नभई, व्यापक सामाजिक संरचनाको लागि पनि हानिकारक हुन्छ ।

आवश्यकता जीवन निर्वाहका लागि नभई नहुने खाना, जल, आश्रय र सुरक्षा जस्ता मूलभूत कुरा हो । जसैजसै मानव समाज विकसित हुँदै गयो, त्यसैत्यसै आवश्यकताको अवधारणा पनि विस्तृत भएर भावनात्मक, सामाजिक र मनोवैज्ञानिक–माया, मोह, आप्mनोपन, सम्मान र आत्म–साक्षात्कारको रूपमा प्रकट हुन थाल्यो । यी आवश्यकताहरूले मानव व्यवहारलाई विकसित गर्दछ र मानिसलाई यस्ता कार्य गर्न प्रेरित गर्दछ जसले उसको अस्तित्व र कल्याणलाई सुरक्षित गर्दछ ।

आवश्यकताले सामाजिक तहमा अर्थ व्यवस्था, प्रविधि, उद्योग र सामाजिक संरचनाहरूको विकासका लागि प्र्रेरित गरेको छ । भोजनको आवश्यकताले कृषि विकासलाई जन्मायो । सुरक्षाको आवश्यकताले समुदाय र राष्ट्र गठन भयो । सामाजिक सहयोग र सम्पर्कको आवश्यकताले सामाजिक नियम र संस्थाहरूको स्थापना भयो । यस अर्थमा आवश्यकतालाई प्रगति र आधुनिकीरणको एउटा प्रभावशाली शक्ति मान्न सकिन्छ ।

हुनत आवश्यकताको गम्भीर पक्ष पनि छ । जुनबेला आधारभूत आवश्यकता पुरा हुँदैन त्यस बेला मानिस वा समूह गैरकानूनी उपायको सहारा लिन तम्सन्छ जसबाट सामाजिक सङ्घर्ष, अपराध र सामाजिक अशान्ति उत्पन्न हुन्छ । यस प्रकारको क्रियाकलापले लालच जन्मन्छ, किनभने मानिस वा समूह आप्mनो अस्तित्व वा सुरक्षाको सुनिश्चितताका लागि आवश्यकताभन्दा बढी संसाधन हासिल गर्ने प्रयास गर्दछ ।

लालच भनेको आवश्यकताभन्दा बढी हासिल गर्ने विकट इच्छा हो, खासगरी भौतिक सम्पदा वा हैसियतको मामिलामा । यो धेरै प्रकारको कारकबाट व्युत्पन्न हुन्छ, जसमा भय, असुरक्षा र सामाजिक श्रेष्ठताको आकाङ्क्षा सामेल हुन्छ । आवश्यकता प्रायः त्यस बेला लालचमा रूपान्तरण हुन्छ, जब धैरै प्राप्त गर्ने निरन्तर चाहना जन्मन्छ ।

आवश्यकता लालचमा परिणत भएको साम्राज्य र मानिसको व्यवहारमा हेर्न सकिन्छ । सुरक्षा र समृद्धिको खोजीमा ससाना राज्यको रूपमा रहेको समुदाय प्रायः बढी भूमि, संसाधन र शक्तिको लालचले प्रेरित भएर उपनिवेशीकरणको माध्यमले सीमा विस्तार गर्न थाल्दछ । यसैगरी सामाजिक आवश्यकता पूरा गर्ने लक्ष्यका साथ प्रारम्भ भएका समुदाय धेरै बाजारको हिस्सेदारी र लाभको चाहनाबाट प्रेरित भई एकाधिकारमा परिणत हुन्छ ।

व्यक्तिगत स्तरमा भय र असुरक्षाबाट प्रेरित भई आवश्यकता लालचमा स्थानान्तरण हुन्छ । उदाहरणका लागि गरीबीको रेखामुनि रहेको मानिसमा अभावको गहिरो भय विकसित हुन सक्छ जसले गर्दा उसको आप्mनो मूलभूत आवश्यकता पूर्ति भएपछि पनि धन वा संसाधनको सञ्चय गर्न थाल्छ । यो भय आधारित लालचले अन्य मानिसलाई हानि पु¥याउने तथा शोषण, छल र भ्रष्टाचारलाई जन्माउन सक्छ ।

जब लालच अनियन्त्रितरूपले फल्नेफुल्ने मौका पाउँछ, व्यक्ति, समाज र पर्यावरणमाथि यसको विनाशकारी परिणाम हुन सक्छ । लालचको तात्कालिक परिणाममध्ये एक सामाजिक विश्वास र सामञ्जस्यताको ¥हास हो । लालचले मानिसलाई अरूको हितमाथि आप्mनो हितलाई प्राथमिकता दिन प्रेरित गर्दछ जसबाट प्रतिस्पद्र्धा, सङ्घर्ष हुन्छ र सामाज विखण्डित हुन्छ ।

लालचको पर्यावरणीय प्रभाव पनि धेरै गम्भीर छ । बढी संसाधन हासिल गर्ने इच्छाले प्राकृतिक संसाधनको अत्यधिक दोहन, वनविनाश, प्रदूषण र जलवायु परिवर्तन हुन्छ । यसबाट अनगिन्ति प्रजातिको अस्तित्व विलीन हुन्छ र धरतीमा मानव जीवनको जग नै हल्लिन पुग्छ । लाभको आकाङ्क्षाले मानिसलाई विपरीत प्राकृतिक कार्य गर्न प्रेरित गर्छ जसले दीर्घकालीन परिणामप्रति उसलाई अन्धो बनाइदिन्छ । यसबाट पर्यावरणको क्षति हुनुको साथै जैविक विविधतामा पनि ¥हास आउँछ ।

वैश्वीकरणले वैश्विक बाजारको संरचना तयार गरेर यस्ता मुद्दाहरूलाई झन् बढाएको छ । वैश्विक बाजारमा धन एवं संसाधन केही बहुराष्ट्रिय कम्पनीहरूको हातमा सीमित छ । यी संस्थाहरूले सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूलाई धेरै प्रभावित गर्छन् । आप्mनो फाइदाको लागि नीति नियमावली तयार गर्न लाउँछन् । शक्ति र धनको यस साझेदारीले विश्व अर्थ व्यवस्थालाई जन्म दिएको छ, जसले मानव तथा पर्यावरणको तुलनामा लाभलाई बढी प्राथमिकता दिन्छ । यसबाट सामाजिक र पर्यावणीय कल्याणको हरण हुन्छ ।

यसबाहेक वैश्विक अर्थ व्यवस्थाले उपभोक्तवादलाई जन्म दिएको छ, जहाँ भौतिक वस्तु र धनको निरन्तर खोजीलाई सफलता र खुशीको आधार मानिन्छ । यस संस्कृतिले लालचलाई बढावा दिनुका साथै मानिसलाई स्वाभाविक प्रकृतिबाट टाढा पारेको छ । जसैजसै मानव र समाज उपभोग र धन सञ्चयमाथि बढी केन्द्रित हुँदै जान्छ, करुणा, सहयोग र मानवीय भावना एकादेशको कथा बन्न पुग्छ ।

केही मानिसको हातमा मात्र धन केन्द्रित हुँदा देशमाथि यसको गहिरो प्रभाव पर्छ । यसले सामाजिक तथा आर्थिक असमानतालाई बढावा दिन्छ । राजनीतिक र आर्थिक प्रणालीमा फेरबदल गर्छ र समाजिक गतिशीलताको अवसरलाई सीमित पार्छ । महŒवपूर्ण आर्थिक क्षेत्रमाथि नियन्त्रण रहेका अरबपति परिवार र कम्पनीको उदय धन सञ्चयको सङ्केत हो । यस्ता संस्थाहरूसँग अपार आर्थिक शक्ति हुन्छ, जसबाट उनीहरूले बाजारलाई प्रभावित गर्न सक्छन् । आपूm अनुकूल उद्योग नीति बनाउन सक्छन् र सार्वजनिक नीतिलाई प्रभावित गर्न सक्छन् ।

मनोवैज्ञानिकरूपले लालचले मानिसमा नकारात्मक प्रभाव उत्पन्न गर्छ, जसबाट उनीहरू तनाव, चिन्ता, असन्तोष वा खालीपनको शिकार हुन्छ । भौतिक धन वा शक्तिको खोज प्रायः स्थायी आनन्द र सन्तोष प्रदान गर्न विफल नै रहन्छ । जसले गर्दा इच्छा र असन्तोषको एउटा दुष्चक्र निर्माण हुन्छ । यसको परिणामस्वरूप मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू हुन सक्छ–जस्तै चिन्ता, कुलत जसले अर्थ वा उद्देश्यको हानि हुन सक्छ ।

नैतिक दृष्टिकोणले लालचलाई प्रायः एउटा बुराई वा नैतिक विफलता मानिन्छ । अधिकांश धार्मिक र दार्शनिक परम्पराले लालचको निन्दा गरेका छन् । यसलाई एउटा विनाशकारी शक्तिको रूपमा हेरेका छन् । यसले मानवीय गरिमा र सामाजिक सद्भाव कमजोर बनाउँछ भन्ने दृढ विश्वास व्यक्त गरेका छन् ।

बौद्ध धर्ममा लालच, घृणा र मोहजस्तै एउटा विष हो । यी विषहरूलाई दुःखको मूल कारण मानिन्छ जसले आत्मज्ञानको मार्गमा बाधा पु¥याउने काम गर्दछ । लालच, भौतिक इच्छाको चाहनाप्रति लगावको रूपमा हेरिन्छ जसले असन्तोष एवं पीडातर्पm लिएर जान्छ । यसैगरी इसाई धर्मशास्त्रमा लालच सात घातक पापमध्ये एक मानिएको छ । यसलाई धन र सम्पत्तिको प्रबल चाहनाको रूपमा हेरिन्छ जसले अन्य पाप र अनैतिक व्यवहारलाई जन्म दिन्छ । हिन्दू धर्मग्रन्थ गीतामा पनि लालचको आलोचना गरिएको छ । भगवान् कृष्णले लालचलाई महान् विध्वंसक र पापको जगको रूपमा वर्णन गरेका छन् । यसले मानिसलाई धार्मिकता र आध्यात्मिक विकासबाट टाढा लग्छ । इस्लाममा पनि लालचलाई ठूलो पाप मानिएको छ । कुरानले धन र सम्पत्तिको लागि अत्यधिक लगावविरुद्ध चेतावनी दिएको छ । दानको महŒव र गरीबहरूलाई मदत गर्ने कुरामा जोड दिएको छ । यसर्थ लालचलाई आध्यात्मिक विकास र सामाजिक न्यायमा बाधाको रूपमा हेरिन्छ ।

आवश्यकता र लालचले मानव इतिहासलाई गम्भीररूपले प्रभावित गरेको छ । सभ्यता, अर्थ व्यवव्था र नैतिक मूल्यलाई नयाँ आयाम दिएको छ । तर आवश्यकताको पूर्तिले प्रगतिलाई बढावा दिन्छ । अनियन्त्रित लालचले बरु सामाजिक पर्यावरणीय र नैतिक पतन गराउँछ । लालचको परिणामले असमानता, पर्यावरणीय विनाश र सामाजिक सामञ्जस्य ¥हास गर्छ । आवश्यकताले मानव इच्छापूर्तिको सन्तुलित दृष्टिकोण अघि सार्छ । नैतिक सिद्धान्त–करुणा र स्थिरतामाथि जोड दिनु धेरै न्यायपूर्ण र सामञ्जस्यपूर्ण विश्व स्थापित गर्नको लागि आवश्यक छ, जहाँ आवश्यकताहरूको खोजी विानशकारी लालचमा परिवर्तन हुन नसकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here