वनकर्मीको आडमा काठ तस्करी बढ्दो –जनप्रतिनिधिहरू

प्रस, वीरगंज, १४ मङ्सिर/ सबडिभिजन वन कार्यालय, पर्सामा कार्यरत कर्मचारीहरूको दोहोरो नीतिका कारण अहिले पर्सामा वनविनाश तीव्ररूपमा भइरहेको जनप्रतिनिधिहरूले आरोप लगाएका छन् । स्थानीय जनप्रतिनिधिहरूले दिएको जानकारी अनुसार कर्मचारीहरूको मिलेमतोमा वन फँडानी बढेको छ । कर्मचारीहरूले कम परिमाणको काठ पक्राउ गरी समाचारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गराउने गरेको तर वास्तविकतामा रातिपख दैनिकरूपमा सालको रूख कटान […]

ठोरीमा पशुपतिनाथको प्राण–प्रतिष्ठा

प्रस, ठोरी, १५ मङ्सिर/ ठोरीमा आराध्यदेव पशुपतिनाथको शनिवार प्राण–प्रतिष्ठा गरिएको छ । मङ्सिर १३ गते ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले वैदिक विधि अनुसार पशुपतिनाथको प्राण–प्रतिष्ठाको पूर्वाङ्ग गरेका थिए । ठोरी गापा–१ भगवाननगरको सिङ्गेडाँडा कैलाश पर्वतमा १३ गतेदेखि शुरू गरिएको प्राण–प्रतिष्ठाको विधि आज शतबीज छर्दै पूर्णाहुतिी गरिएको प्राण–प्रतिष्ठाका यज्ञ आचार्य चिरञ्जीवी सापकोटाले बताए । कार्यक्रममा गापाध्यक्ष […]

सम्पदा संरक्षणबारे तीन दिने अभिमुखीकरण

रामेश्वर मेहता, सिम्रौनगढ, १५ मङ्सिर/ सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षणमा आधारित तीन दिने अभिमुखीकरण कार्यक्रम शनिवार सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढ बजारस्थित उद्योग वाणिज्य सङ्घ सिम्रौनगढको सभाहलमा शुरू भएको छ । पुरातŒव विभागकी महानिर्देशक सौभाग्या प्रधानाङ्गको अध्यक्षतामा शुरू भएको तीन दिने अभिमुखीकरण कार्यक्रमको प्रदेशसभा सदस्य राजपति देवीले उद्घाटन गरेकी थिइन् । देशभर रहेका पुराताŒिवक सम्पदाको संरक्षण र त्यसमा […]

ठोरीमा वडाध्यक्षहरूको भेला, तदर्थ समिति गठन

प्रस, ठोरी, १५ मङ्सिर/ वडाध्यक्षहरूले भोग्नुपर्ने समस्या समाधानमा एकजुट हुन र वडाध्यक्षहरूबीच एकता कायम गर्न पर्सा जिल्लाका वडाध्यक्षहरू एकजुट भएका छन् । ठोरी गापाका वडाध्यक्ष अमृतकृष्ण सापकोटाको अध्यक्षतामा शनिवार पर्साका वडाध्यक्षहरूको ठोरी भेलाले वडाध्यक्ष एकता समाज नेपाल तदर्थ समिति गठन गर्दै वडाध्यक्षहरू एकजुट र सङ्गठित हुने निर्णय गरेको छ । ठोरी गापाको कार्यालय, घ्याङडाँडामा सम्पन्न […]

विन्ध्यवासिनी गापामा दुई दिने जलसा सम्पन्न

प्रस, वीरगंज, १५ मङ्सिर/ ‘प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं’ नाराका साथ विन्ध्यवासिनी गाउँपालिका–५ प्रसौनीभाठामा अहमद सङ्घ नेपालको नवौं वार्षिक जलसा सालाना समारोह सम्पन्न भएको छ । मसरुर पब्लिक आधारभूत विद्यालयमा हिजो शुक्रवारदेखि शुरू भएको जलसा सालानाको आज शनिवार अध्यक्ष मोइन अहमदको अध्यक्षतामा समापन भएको हो । कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, पकाहामैनपुर गापाध्यक्ष […]

तीन ठाउँमा ४१३ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, १५ मङ्सिर/ रेडियो वीरगंजले २२औं वार्षिकोत्सवको अवसरमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जना महिलासहित २२१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । रेडियो परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्यदूत देवीसहाय मीणा, शशिकान्तमणि त्रिपाठी, शेख सम्साद, भोलाकुमार साह, दिलकृष्णप्रसाद यादव, रामपुकार साह, रमेन्द्र बैठा, विशाल थापा, पशुपतिनाथ दुबे, राजु […]

टिपरको ठक्करबाट युवकको मृत्यु

प्रस, वीरगंज, १५ मङ्सिर/ वीरगंज महानगरपालिका–१७ अलौंस्थित छवगछियामा शनिवार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको मृत्यु भएको छ । ना.८ख २६११ नम्बरको टिपरको ठक्करबाट बिआर२२बिजी१४५२ नम्बरको भारतीय मोटरसाइकल चालक जीराभवानी गापा–५ सखुवनिया निवासी २५ वर्षीय प्रभुराउत थारूको मृत्यु भएको र पछाडि सवार सोही स्थानका २० वर्षीय राकेश महतो सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय, पर्साका […]

मदन भण्डारी फाउन्डेशनको पर्सा अध्यक्षमा नेपाल

प्रस, वीरगंज, १५ मङ्सिर/ मदन भण्डारी फाउन्डेशनले शनिवार वीरगंजमा आयोजना गरेको भेलाले नेपाल पत्रकार महासङ्घ, पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्ष रामबाबू सिंह, सचिव कमलेश गुप्ता, उपसचिवद्वय अल्का प्रधान, तिवारी यादव, कोषाध्यक्ष हरिशङ्करलाल कर्णलगायत सदस्यहरू छन् । फाउन्डेशनका केन्द्रीय सदस्य राजमहमद रायले मदन भण्डारी फाउन्डेशनले […]

विकासोन्मुख सूचीमा स्तरोन्नति र तयारीका विरोधाभास

• ओमप्रकाश खनाल नेपाल सन् २०२६ नोभेम्बरदेखि अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको तयारीमा भइराख्दा यसका लाभ र हानिका बारेमा स्वाभाविक चासो जागृत भएको छ । यो चासोको विषय मात्र होइन, यसका फाइदालाई ग्रहण गर्दै चुनौतीको सावधानीपूर्वक सामनाको तयारी गर्ने समय पनि हो । सूचकाङ्कको अवस्था अहिले विश्वका ४६ देश अतिकम विकसित देशको सूचीमा छन् […]